काठमाडौं, २० मंसिर । चलचित्र ‘जुवीनाइल’को छायाकन अन्तिम चरणमा पुगेको छ ।नेपालकै प्रथम महिला छायाँकार सवनम मुखियाको निर्देशनमा निर्माण भइरहेको चलचित्रले लागुऔषध तथा कुलतको विषय कथाका रूपमा उठाएको छ ।
ड्रिम वर्ड फिल्म मेकरको ब्यानरमा निर्माण थालिएको चलचित्रका लेखक तथा निर्माता माधव पौडेल हुन् ।
चलचित्रमा कुमार गजुरेल, सञ्जना तिमल्सिना, माधव पौड्याल, मोहन चाम्लिङ, ओमकृष्ण भण्डारी, नीशा थापा, सविन कटुवाल, सुवास वडाल, जगदीश अधिकारी, विष्णुप्रसाद कोइराला, उज्ज्वल पौडेल, वसन्त रिजाल, उज्ज्वल अधिकारी कवि राईलगायतको अभिनय रहनेछ ।
शान्ति प्रियको गीत रहेको चलचित्रमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।
प्रतिक्रिया