कोसी अञ्चल अस्पताल तनावग्रस्त

kosi-hospital-768x401-copyविराटनगर, १६ मंसिर । चिकित्सकको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।

यही मंसिर १२ गते भर्ना भएकी विराटनगर–११ स्थित हाटखोला बस्ने २२ वर्षीया कमला लुइँटेल, अधिकारीकोे १३ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा क्रममा नशा काटिएकाले अत्यधिक रक्तस्राव र दुःखाइको कारण उनको मृत्यु भएको पीडित परिवारको आरोप छ ।

मंगलबार सुत्केरीको अवस्था जटिल भएपछि अस्पतालले थप उपचारका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएकामा मंगलवार साँझ उपचार गर्दै गर्दा उनको मृत्यु भएको मृतकका बाबु नवराज लुइँटेलले जानकारी दिएका छन् ।

कोसी अञ्चल अस्पतालका शल्यक्रियामा संलग्न चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएकाले आवश्यक कारबाही र क्षतिपूर्तिको माग राखी पीडित परिवारले बुधवार बिहानदेखि अस्पतालको परिसरमा शव राखेर कारबाहीको माग गरिरहेका छन् ।

दुवै मिर्गौला खराब भएकाले बिरामीको मृत्यु भएको धरानका चिकित्सकले बताए पनि यसअघि कुनै पनि समस्या नभएको बिरामीको मिर्गौला खराब हुनुमा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाही रहेको मृतकका आफ्न्तको भनाइ छ । सो घटनाको सम्बन्धमा स्थानीय प्रशासनको उपस्थितिमा अस्पताल र पीडित पक्षबीच छलफल भइरहेको र नवजात शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया