‘कारखाना’को प्रेम गीत सार्वजनिक

susil-and-barsha-in-karkhana-copyकाठमाडौं, १५ मंसिर । नायक सुशील श्रेष्ठ र नायिका वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘कारखाना’को प्रेमगीत सार्वजनिक गरिएको छ । पहिलोपटक चलचित्रको पर्दामा जोडी बाँधिएका यी कलाकारको ‘जूनतारा साँचेर’ बोलको गीतलाई अडियो मै स्रोताले मन पराएको बताइएको छ ।

यसको भिडियोलाई पनि दर्शकले मन पराउने विश्वास लिइएको छ । अमरदीप सापकोटाले निर्देशन गरेको यो चलचित्र पुस २९ गतेबाट देशभर रिलिज हुँदै छ । हुर्कलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र निकिता थापाले आवाज दिएका छन् । नेपाली चलचित्रको पाश्र्व गायनमा श्रोताले फेरि सुगमको आवाजमा कर्णप्रिय गीत सुन्न पाइरहेका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको यो गीतमा नवराज उप्रेतीको छायांकन छ । चलचित्रमा सुदीप खड्का र अमर वज्रचार्यको लगानी छ । यो चलचित्रले महिलाको कथालाई उठान गरेको निर्माणपक्षले बताएको छ ।

प्रतिक्रिया