काठमाडौं, १४ मंसिर । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गायक भक्तराज आचार्यलाई भेट्न आचार्यको निवासमै पुगेका छन् । उनले भेटेपछि भक्तराजको भजनबाट आपूm प्रभावित भएको बताएका छन् ।
आचार्यलाई भेट्न आइतबार महालक्ष्मीस्थानस्थित आचार्य निवासमा पुगेर भेट्ने बित्तिकै ओलीले सञ्चो विसन्चो सोध्नुको साथै उनको सांगीतिक जीवनको बारेमा चासो राखेका थिए । साथै अध्यक्ष ओलीले आचार्यका भजनहरू प्रशस्त सुनेको जानकारी दिँदै ‘जहाँ छन् बुद्धका आँखा’ निकै मन परेको बताए । आचार्यका छोरा सत्यराज आचार्यका अनुसार धेरै पार्टीका नेताहरूले म भक्तराज आचार्यलाई भेट्न आउँछु भनेर सन्देश पठाएका थिए । त्यसरी आश्वासन दिनेहरू कोही आएका छैनन् ।
‘धेरै नेताहरू आउँछु भन्नुभएको थियो तर आउनु भएन ओली आउँदा अचम्म र खुसी लाग्यो’ सत्यराजले भने । एउटा कार्यक्रममा भेट हुँदा ओलीले ‘म बुबालाई भेटन आउँछु है’ भन्दा सत्यराजले पत्याएका थिएनन् तर, जब ओलीको सचिवालयवाट फोन आयो उनले अचम्म माने । ‘घरमा आउनुहुन्छ भन्ने लागेकै थिएन, आउने खबर पाएपछि म त दंगै परेँ’ सत्यराजले भने ।
प्रतिक्रिया