आनन्दले ल्याए १५औँ एल्बम

aannada-karki-ko-albom-copyकाठमाडौं, १४ मंसिर । पुराना गायक आनन्द कार्कीले १५औँ गीति एल्बम ‘लभ यु फरेभर’ लिएर आएका छन् । शनिबार राजधानीमा भएको एक समारोहबीच गायक प्रेमध्वज प्रधान, संगीतकारद्वय दीपक जंगम र शक्तिबल्लभ, गीतकारद्वय कृष्णहरी बराल र दिनेश अधिकारीलगायतले एल्बमको लोकार्पण गरेका हुन् ।

संगीतमा संघर्षका दिनदेखि १४औँ एल्बमसम्म पूरा गर्न नसकेका अधुरा इच्छालाई १५औँ एल्बमबाट पूरा गर्ने कोशिस गरेको गायक कार्कीले कार्यक्रमका क्रममा बताए । विमोचन कार्यक्रममा आनन्द कार्की र ईश्वरी कार्कीले प्रेमध्वज प्रधान, उन्नती बोहरा शीला, दीपक जंगम, कृष्णहरि बराल, शक्ति बल्लभ, दिनेश अधिकारी, सकुना श्रेष्ठलाई सम्मान गरेका थिए ।

कार्यक्रममा गायक कार्की बारे तयार पारिएको भिडियो सामग्री प्रस्तुत गरिएको थियो भने शेर्पिनी कान्छीको शब्द र शिखर सन्तोषको संगीत रहेको ‘सुनसान रातमा’बोलको गीतको म्युजिक भिडियो पनि देखाइएको थियो । कार्की र सन्जीवनीको स्वर रहेको गीतको भिडियोमा अनील थापा र प्रियंका एमभीको अभिनय रहेको छ । ‘आज फूलसँग साटेँ’, ‘यो मन तिमीलाई दिएँ’, ‘स्वदेशी सामान प्रयोग गरौँ’, ‘ए मेरी माया,’ ‘जीवनमा धेरै खोला तर्नु छ,’ ‘देखेँ जबदेखि,’ ‘छाडी जाँदै छु म सहर,’ ‘खुलेनन् कि नयन तिम्रो,’ ‘यो मन तिमीलाई दिएँ,’ ‘मरेँ भने प्रियसी म’ गरी १० गीत समावेश छन् ।

प्रतिक्रिया