रेखा खतरनाक भिलेन

rekhaकाठमाडौं, १२ मंसिर । ‘नोभेम्बर रेन’बाट नेपाली फिल्ममा डेब्यू गरेकी अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको ‘डायरी’ मा नायीका रेखा थापा खतरनाक भिलेनको रोलमा देखिने भएकी छन् । फिल्मको भर्खरै युट्युबमार्फत रिलिज भएको टिजरमा उनले यो छनक दिएकी छन् ।

रिलिज टिजरले फिल्म बदला र प्रेमको कथा रहेको संकेत गरेको छ । यस्तै फिल्म एक्शन तथा सस्पेन्सले भरिपूर्ण रहेको देखाएको छ।फिल्ममा अभिनेत्री रेखा थापा पहिलो पल्ट भिलेन बनेकाले पनि फिल्म दर्शकका लागि उत्सुक्ताको विषय बनेको छ । फिल्ममा छुल्ठिम निर्मात्रीसँगै मुख्य भूमिकामा छिन् ।

फिल्ममा छुल्ठिम तथा रेखाको साथमा नवनायक सन्नी सिंह मुख्य भूमिकामा देखिनेछन् । साथमा राजु लामा, कुशल विष्ट, दिनेश डीसी, रूपा राना, विनोद पौडेल, पिटर तामाङको अभिनय रहनेछ । अनिल योञ्जनले निर्देशन रहेको फिल्मलाई छेतन गुरुङले लेखेका हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, स्वप्निल शर्मा, इमानविक्रम शाह, मनास राजको संगीत रहेको छ ।

प्रतिक्रिया