काठमाडौं, ८ मंसिर । ‘कोहिनूर’ जस्तो सफल चलचित्रकी नायिका तथा निर्मात्री स्वेता खड्का करिब २ वर्षपछि चलचित्र क्षेत्रमा फर्कने भएकी छन् । उनले नयाँ फिल्मका लागि नायक दयाहाङ राईसँग कुराकानीसमेत गरेको खुलेको छ । दयाहाङ अहिले बेलायतमा चलचित्र ‘ह्याप्पी डेज’को छायांकनमा व्यस्त छन् ।
स्वेताले लामो समयदेखि चलचित्र निर्माण गर्ने चर्चा चले पनि कहिलेबाट काम कसरी अगाडि बढ्ने होला भन्ने बारेमा गुमराहमा रहेको थियो । तर, नायिका खड्का नेपाः मुभिजबाट नयाँ चलचित्र निर्माणको तयारीमा रहेको खुलाएकी छन् , जसलाई निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्दै छन् । जसले यस अगाडि चलचित्र ‘कोहिनूर’ निर्देशन गरेका थिए । स्वेताकै मुख्य भूमिका रहने चलचित्रको छायांकन चैत वा वैशाखबाट सुरु हुनेछ । यो चलचित्रका लागि नायिका खड्काले नायक दयाहाङ राइसँग कुरा गरिसकेकी छन् । लभस्टोरी तथा कमेडी जनरामा निर्माण हुने यो चलचित्रबाट स्वेताले धमकेदार कमब्याक गर्ने सोच बनाएकी छन् ।
प्रतिक्रिया