मस्को, ९ कात्तिक । अमेरिकी विदेशमन्त्री जोन केरी र उनका रुसी समकक्षी सर्गेइ लाभरोभबीच सिरियाको उत्तरी नगर अलेप्पोको वर्तमान अवस्थाबारे सोमबार राति गम्भीर टेलिफोन वार्ता भएको रुसी परराष्ट्रमन्त्रालयले जनाएको छ ।
वार्ताको क्रममा रुसी विदेशमन्त्री लाभरोभले अवैधानिक हतियारधारी सशस्त्र बिद्रोहीहरुले युद्धग्रस्त अलेप्पोको पूर्वी क्षेत्रबाट उम्किन प्रयास गर्ने सर्वसाधारण नागरिकउपर जथाभावी हिंसात्मक आक्रमण गरिरहेको बताएका थिए ।
‘सिरियाली सरकारले अघि सारेको अल्प युद्धविरामलाई उनीहरुले मान्नु पर्ने हो, तर न्यूनतम मानवीयता नराखी निहत्था नागरिकउपर प्रहार भैरहेको छ । आफूसमर्थित सिरियाका ‘मध्यमार्गी’ विपक्षीहरुलाई आतंकवादी समूहहरुबाट अलग पारिदिन पहिला नै अमेरिकाले प्रकट गरेको वचनवद्धता पूरा गर्न पनि रुसी विदेशमन्त्रीले केरीलाई फेरि एकपटक आग्रह गरे ।
अलेप्पोस्थिति सामान्य र स्थिर राख्न आआफ्नो पक्षबाट प्रयास गर्न यी दुबै उच्चस्तरीय नेता सहमत भएको जनाइएको छ । यस अतिरिक्त २ राष्ट्रबीच कायम रहेको दौत्य सम्बन्ध, इराकको वर्तमान अवस्थालगायत अन्य अन्तर्राष्ट्रिय मामिलाबारे पनि २ नेताबीच छलफल भएको छ ।
प्रतिक्रिया