काठमाडौं, २१ असोज । ‘पशुपति प्रसाद’ले सर्वाधिक प्रशंसा बटुलेका निर्देशक दीपेन्द्र के खनाल तथा अभिनेता खगेन्द्र लामिछानेले दोस्रो चलचित्र ‘धनपति’ निर्माण गर्ने भएका छन् । उनीहरूले ‘धनपति’ फिल्मको घोषणा गरेका छन् ।
प्रेस विज्ञप्ती जारी गर्दै टुकी आर्टसले फिल्म माघबाट फ्लोरमा जाने बताएको छ । फिल्मको कथा, पटकथा तथा संवाद खगेन्द्र लामिछानेले लेखेका हुन् । रोजिना सिटौला निर्माता रहेको ‘धनपति’मा सह–निर्माता रजना नापित र समीर देवकोटा छन् । त्यस्तै सहायक निर्माता ओम गुरुङ छन् । खगेन्द्र लामिछानेको मुख्य भुमिका रहने फिल्मका बाँकी कलाकारको छनौट सुरु गरेको निर्माणपक्षले जनाएको छ । फिल्म आगामी वर्ष रिलिज हुने बताइए पनि मिति भने सार्वजनिक गरिएको छैन ।
उनीहरू निर्मित ‘पशुपति प्रसाद’ले राष्ट्रिय पुरस्कारलगायत थुप्रै फिल्म अवार्डमा सर्वोत्कृष्ट बनेको थियो । फिल्म व्यापारिक तथा समिक्षकीय रूपमा अब्बल सावित भएको थियो । सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउँछ ? भन्ने सेरोफेरोमा फिल्मको कथा रहने जनाइएको छ ।
प्रतिक्रिया