हिलारीलाई भोट दिन ओबामाको आव्हान

obamaवासिङटन, ३ असोज । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले डेमोक्र्याटिक पार्टीका तर्फका राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान गर्न अफ्रिकन मुलका अमेरिकी नागरिकलाई आह्वान गरेका छन् ।

उनले शनिवार आयोजित रात्रि भोजमा व्यक्तिगत आह्वान गर्दै भने, ‘अफ्रिकन मुलका हामी सबैले क्लिनटनलाई मतदान गर्न चुक्नु हुँदैन ।’ ओबामाले मतपत्रमा छापिने क्लिन्टनको नाम अफ्रिकन मुलको नाम नभए पनि अफ्रिकन मुलका अमेरिकीका लागि त्यो ज्यादै महत्वपूर्ण नाम रहेको तर्क गरे । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको विजय अफ्रिकन अमेरिकीका लागि दुर्भाग्य हुने उनको भनाइ रहेको थियो ।

सो रात्रि भोजमा डेमोक्र्याटिक उम्मेदवार क्लिनटनले पनि अफ्रिकन मुलका अमेरिकीको पक्षमा आफू सधैँ खडा रहने अठोट व्यक्त गरेका थिए । आगामी नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन गइरहेको निर्वाचनमा पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन १ मात्र योग्य उम्मेदवार भएको वर्तमान राष्ट्रपति बाराक ओबामाले यसअघि नै दाबी गर्दै आएका थिए । अमेरिकाको डेमोक्र्याटिक पार्टीले अगामी राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेपछि ओबामाको यो भनाइ आएको थियो ।

विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलोपटक महिला उम्मेदवार विश्वभर नै नयाँ चर्चाको विषय भएको छ । हुन त अमेरिकी राष्ट्रपतिको हरेक निर्वाचनमा कुनै न कुनै नयाँ एजेन्डा हुन्छ र नयाँ विषयले चर्चा पनि पाउँछ । तर यसपटकको निर्वाचनको चर्चा भने यसभन्दा अघिल्ला निर्वाचनको भन्दा फरक खालको छ र विशेष गरी उम्मेदवारको लैंगिक विषयले यसपालि व्यापक चर्चा पाएको छ ।

प्रतिक्रिया