काठमाडौं, ३ असोज । नेपाली मोडल पियूष कर्णले लन्डनमा आयोजना भएको ‘फेस अफ दी वल्र्ड २०१६’ मा तेस्रो स्थान हात पारेका छन् । ‘फेस अफ दी वल्र्ड २०१६’ मा नेपाललाई प्रतिनिधित्व गर्दै उनले उक्त प्रतियोगितामा तेस्रो स्थान हात पारेका हुन् । १७ सेप्टेम्बरमा लन्डनको बर्लिंटन होटलमा भएको फेस अफ दी वल्र्ड २०१६ पियूषले बेस्ट रनवे विनर २०१६ को उपाधि पनि हात परेका छन् ।
‘फेस अफ दी वल्र्ड २०१६’ मा पहिलो पटक नेपालबाट मोडल पियूष कर्णले सहभागिता जनाएका हुन् । पियूषले नेपाललाई विश्वमाझ चिनाउनका लागि आफ्नो प्रयास सफल भएको बताएका छन् । लन्डनबाट पियूषले दिएको जानकारीअनुसार उनी ‘फेस अफ दी वल्र्ड’ नेपालका डायरेक्टरमा पनि नियुक्त भएका छन । पियूष २२ सेप्टेम्बरमा नेपाल फर्किदैछन् ।
नेपाल र भारतका विभिन्न ठाउँमा भएका ¥याम्प शोमा समेत आफ्नो बाक्लो उपस्थिति जनाइसकेका पियूसले नेपालका केही फेसन शोको निर्णायक भएर पनि काम गरिसकेका छन् । वीरगञ्ज घर भई हाल काठमाडौंमा बस्दै आएका उनले बैङलोरबाट उच्च शिक्षा हासिल गरेका हुन् ।
प्रतिक्रिया