काठमाडौं, १६ जेठ । चर्चित गायक दीप श्रेष्ठको एकल साँझ आयोजना हुने भएको छ । धनकुटेली छोराबुहारी समूहले प्रज्ञा प्रतिष्ठानमा जेठ २१ गते कार्यक्रम आयोजना गर्न लागेको हो । विश्रान्ति मन्दिर धनकुटाले सञ्चालन गरिरहेको विभिन्न कार्यक्रमहरूको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।
साँझमा श्रेष्ठले आफ्नो जीवनकालमा गाएका महत्वपूर्ण गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ । विश्रान्ति मन्दिरको स्थापना गर्दै र दीर्घकालीन सोच तथा रणनीतिको विकास गरी यो अवस्थामा ल्याउन आफ्नो जीवनको महत्वपूर्ण समय दिने संस्थापक अध्यक्ष स्व. रामनारायण श्रेष्ठले पु¥याएको योगदानबाट प्रेरित भई यो कार्यक्रम आयोजना गर्न लागेको आयोजकको भनाइ छ । सामाजिक भावनासाथ आयोजना गरिएको साँझमा राजनीतिक दल, व्यक्ति, संस्था, विद्यालय तथा कम्पनीलाई सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ ।
प्रतिक्रिया