काठमाडौं, १५ जेठ । नायिका करिश्मा मानन्धरले आपूmले निर्माण गर्ने चलचित्रमा आफ्नै छोरी कवितालाई नायिका बनाउने सोच रहेको खुलासा गरेकी छन् । उनले यसका लागि कविताले पनि मेन्टेन गर्नु बताएकी छन् ।
चलचित्र निर्देशन गर्ने भनेको पनि लामै समय भएको भए पनि उनलाई कथावस्तुको समस्या रहेको बताएकी छन् । उनले आपूm निर्देशन गर्न तयार रहेको बताउँदै उपर्युक्त स्क्रिप्ट नपाएको बताउँछिन् । उनले भनिन्, ‘चलचित्र निर्देशन गर्ने भनेको हो । तर, स्क्रिप्ट नै गतिलो पाएको छैन ।’
नेपालका चर्चित नायिकाहरु निर्देशक भइसकेका छन् भने कोही हुने तयारीमा छन् । करिश्माले पनि अब निर्देशक बनेर नयाँ विधा समाउने तयारी गरेकी छिन् । करिश्माका अनुसार उनी कथावस्तु राम्रो पाएको खण्डमा छोरी कवितालाई नै यो क्षेत्रमा डेब्यू गराउन चाहिन्छन् ।
नायिका बन्नका लागि त्यति सजिलो छैन भन्दै करिश्माले कविताले मेन्टेन नगरेकोमा भने असन्तुष्टि पोखेकी छिन् । करिश्माकी छोरी कविता अहिले अमेरिकामा छिन् । कविताले मेन्टेन गरेको खण्डमा उनलाई नायिका बनाएर आफू निर्देशक बन्ने सोच करिश्माको छ । अमेरिकाबाट फर्किएपछि करिश्माले निर्माण गरेको चलचित्र ‘फागू’ असफल भयो । यसैले करिश्माले निर्माणभन्दा निर्देशन विधातर्फ मोडिन लागेकी हुन् ।
प्रतिक्रिया