पोस्टरमा यस्तो देखियो ‘लाल्टिन’

laltinko posterकाठमाडौं, १४ जेठ । एम सन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको चलचित्र ‘लालटिन’को फस्टलुक एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । अकस्मात आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले ‘लालटिन’को फस्टलुक सार्वजनिक गरेका हुन् ।

भानु प्रतापको प्रस्तुतिमा तयार भएको चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ यसका सह–निर्माता रहेका छन् । देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रमा हरि लामाको छायांकन, अर्जुन जिसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन, विनोद ढकाल, किरण माइकल र डिजराज पौडेलको संगीत छ ।

रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, दिकेश र भानुप्रतापले कोरियोग्राफी गरेका छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ, रामकेशर बोगटी, मेलिना मानन्धरलगायत कलाकारको अभिनय छ ।

चलत्रिमा राज कटुवाल र निर्जन थापा नयाँ प्रस्तुतिको रूपमा देखिँदैछन् । १ करोड माथिको बजेटमा तयार भएको भनेर दाबी गरिएको यो चलचित्रले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको विषयलाई उठान गरेको छ । चलचित्रको फस्टलुकमा कुनै पनि कलाकार अटाएका छैनन् । पोस्टरमा कुनै मानिसको हातले लालटिन बोक्दै गरेको देख्न सकिन्छ । चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छैन ।

प्रतिक्रिया