सडक दुर्घटनामा आठको मृत्यु

लसएन्जेलस । अमेरिकाको टेक्सास राज्यमा शनिबार भएको १ बस दुर्घटनामा कम्तीमा ८ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ४३ भन्दा बढी घाइते भएका सो राज्यका अधिकारीहरूले जनाएका छन् ।

सो बस मेक्सिकाको सीमा क्षेत्रमा पर्ने सहरमा यात्रा गरिरहेको बेला सो घटना भएकोृ जनाइएको छ । उक्त घटनामा ७ व्यक्तिको घटनास्थलमै मृत्यु भएको अन्य एकको भने उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।

अधिकारीहरूका अनुृसार घाइते ४४ जनालाई उपचारको लागि अस्पताल पु¥यााइएको छ । सो बस स्थानीय समयाअनुसार शनिबार बिहान ११ः३० मा रिओ ग्रेन्डे उपत्यकाबाट यात्राको लागि निक्लिएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया