पाँचथर, १ जेठ । जिल्ला प्रहरी कार्यालय पाँचथरको अगुवाइमा फिदिम नगर पालीकामा सरसफाई अभियान जारी राखिएको छ । प्रत्येक शनिबार बिहान ७ बजे देखि ९ बजे सम्म बाजारका विभिन्न टोलहरूमा सरसफाइ अभियान सञ्चालन गरिँदै आएको यो १२औँ हप्ता हो ।
पाँचथर प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाको सक्रियतामा अभियान गत १५ फागुनबाट सुरु गरिएको हो । जिल्लामा अवस्थित संघसंस्थाहरूको उपस्थितिमा सरसफाइ अभियानलाई निरन्तरता दिइँदै आइएको हो । सरसफाइ गर्ने क्रममा शनिबार फिदिम खेलमैदानको दक्षिणतर्फमा रहेको सडकको दुबै तर्फका ढल तथा नाला सरसफाइ गरिएको थियो ।
सरसफाई अभियानमा प्रहरीका उच्च अधिकारी, पाँचथरका खेल पारखी पासाङ तामाङ, दुर्गा तामाङ, बजार टोल सरसफाइ अभियानमा जुटेका थिए । सधैँ सफाइमा लागिरहने होटल व्यवसाही विमल श्रेष्ठ, युवा वयसायी तथा समाजसेवी दिपक नेपाललगा यतको सक्रियता देखिँदै आएको छ ।
अभियानमा फिदिम नगर भित्रका सबै एरीयामा पालै पालो स्थान छनौट गरी सोही ठाउँका स्थानीयलाई सहभागी गराई अभियान सञ्चालन गरिँदै आएको छ ।
प्रतिक्रिया