काबुल, २९ वैशाख । पाकिस्तानी पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीका छोरालाई अपहरणबाट मुक्त गरिएको छ । उनका छोरा सो मुक्तिपछि आफ्नो परिवारसँगको मिलनको पर्खाइमा रहेको बताइएको छ । उनलाई अमेरिकी र अफगानिस्तानका सुरक्षाकर्मीहरूले मंगलबार अपहरणमुक्त गराएका थिए । गएको ३ वर्षदेखि बन्दक बनाइराखिएको उनलाई मंगलबार विशेष खोजी गरी मुक्त गरिएको थियो ।
पूर्वप्रधानमन्त्री गिलानीका छोरा अलि हैदर गिलानीलाई अफगान राजधानी काबुलमा रहेका पाकिस्तानी अधिकारीसमक्ष बुझाइसकिएको छ । विशेष खोजीका क्रममा उनलाई पूर्वी पाकिस्तानी क्षेत्रबाट अपहरणमुक्त गराइएको थियो । आफ्नो परिवारसँगको मिलनका लागि आपूm निकै आतुर रहेको उनले प्रतिक्रिया दिएका छन् । गिलानीलाई पाक्टिका प्रान्तको गियान जिल्लाबाट अपहरणमक्त गरिएको हो । उनको खोजीका लागि अफगानिस्तानको सुरक्षा निकायले नै विशेष फौज खटाएको थियो ।
उनलाई पाकिस्तानी अधिकारीको जिम्मा लगाउनका लागि आयोजना गरिएको कार्यक्रममा उनले भने, ‘म अफगान सेनालाई विशेष धन्यवाद दिन चाहन्छु, उनीहरूले मेरो रिहाईका लागि निकै ठूलो मिहिनेत गरेका छन् ।’ बुधबार बिहान काबुलमा एक समारोहको आयोजना गरिएको थियो । सो समारोहपछि उनलाई पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पठाएका विशेष जहाजमार्फत बुधबारै पाकिस्तान लगिएको छ ।
सन् २०१३ को मे महिनामा उनलाई पाकिस्तानी मध्यप्रान्त पञ्जाबबाट अपहरण गरिएको थियो । सो अपहरणपछि उनको खोजीका लागि अफगान सरकारले नै विशेष पहल गरेको थियो । त्यसपछि उनले गतवर्ष मात्र आफ्ना पितालाई फोन गर्न पाएका थिए । उनले फोनमार्फत आफू सकुशल रहेको जानकारी सो समयमा गराएका थिए ।
पाकिस्तानमा हुन लागेको आमनिर्वाचनको ३ दिनअघि मात्र उनलाई अपहरण गरिएको थियो । अपहरणको कारण त्यस समयमा निर्वाचनसँग जोडिएको थियो । हाल उनी २७ वर्षका छन् ।
प्रतिक्रिया