काठमाडौं । पेसाले पत्रकारिता गर्दै आएका युवा सञ्चारकर्मी रिजन तामाङ चलचित्र ‘ङला माया’को लागि नायक भएका छन् । उनलाई पछिल्लो समयमा मोडलिङ तथा अभिनयको चटारो परेको छ । मोडलिङमा भर्खरै प्रवेश गरेका उनले हालसम्म ४–५ वटा म्युजिक भिडियोमा मोडेलसँग कम्मर मर्काइसकेका छन् । गायक निशान श्रेष्ठको ‘यो नानीको रूपै छ वैशालु’ को म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका तामाङले राष्ट्रिय गीत हुँदै तामाङ सेलोमा अभिनयसमेत गरिसकेका छन् ।
अहिले निर्देशक अर्जुन लोप्चनको तामाङ भाषाको चलचित्र ‘ङला माया’को छायांकन उनी व्यस्त छन् । चलचित्रमा रिजन तामाङसँगै राज घिसिङ र सोनिका लामाको मुख्य भूमिका रहेको निर्देशक लोप्चनले बताए ।
‘ङला माया’मा पटकथा ÷संवाद विश्व दोङको रहेको छ । ‘ङला माया’ले तामाङ दर्शकको मन जित्ने आफूले विश्वास लिएको निर्देशक लोप्चनले बताए । लोप्चनले भने, ‘नयाँ कलाकारलाई अवसर दिइएको भए पनि सबैले राम्रो काम गरिरहेका छन्, चलचित्र तामाङ समुदायमा लोकप्रिय बन्नेछ ।’
आफ्नो लागि चलचित्रको अनुभव पहिलो भए पनि म्युजिक भिडियोहरूमा गरेको अभिनयका कारण काम गर्न सहज भएको रिजले बताए । ‘पहिलोपटक आफ्नौ भाषाको चलचित्रमा अभियन गरेको छु, मिहिनेत पनि राम्रै गरेको छु, त्यसैले आशावादी छु,’ रिजनले भने, ‘चलचत्रि राम्रो बन्दैछ, चलचित्रले तामाङ समुदायभित्र मेरो पनि पहिचान स्थापित गर्ने आशा गरेको छु ।’
प्रतिक्रिया