सुरू भयो ‘पि एस जीन्दगी’

PS jindagiकाठमाडौं, १९ वैशाख । गतवर्ष गएको भूकम्प १ वर्ष पुगेको दिन पारेर नेपालको पहिलो वेब सिरिज सुरू गरिएको छ । ‘पि एस जीन्दगी’ नाम दिइएको शृंखला गत २५ अप्रिलबाट प्रसारणमा आएको छ । हास्य सिरिजलाई मुसुमुसु प्रोडक्सनले तयार पारेको हो ।

सिरिजमा नेपाली युवाहरूको वर्तमान अवस्थालाई यथार्थ रूपमा प्रस्तुत गरिएको निर्माण कम्पनीले जनाएको छ । उनीहरूले सामाजिक महत्व झल्काउने अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक कार्यक्रम अनलाइन प्रसारण गर्ने उद्देश्य लिएको जानकारी दिएका छन् । सिरिजमा काठमाडौंका ५ युवाहरूको दैनिक जीवनमा आएको नयाँ परिवर्तन र आयामलाई नयाँ तरिकाले प्रस्तुत गरेको छ ।

यस कार्यक्रममा मध्य काठमाडौंमा अवस्थित एउटा भवनमा रहेका २ प्mल्याटमा छायांकन गरिको छ । १ फल्याटमा २ मुस्लिम दिदीबहिनी र अर्को फल्याटमा १ बाहुन र १ नेवार केटाहरूको दैनिक जीवनमा आइपर्ने घटनाक्रमलाई कथा बनाइएको छ । सिरिजमा उत्पल झा, कविता श्रीनिवासन, सुजता कोइराला, राजकुमार पुडासैनी तथा कलसाङ् डि लामाको मुख्य अभिनय रहेको छ । सिरिजलाई उत्पल झाले निर्देशन गरेका हुन् भने अवधारणा र लेखन कविता श्रीनिवासनको रहेको छ ।

प्रतिक्रिया