आदिवासी चलचित्र उत्सव–२०७३ : अझै नुमाफुङकै चर्चा

aadibasi chalchitra copyकाठमाडौं, १४ वैशाख । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार लिम्बू कलाकारहरूको बाक्लै जमघट थियो । उनीहरू लिम्बू परम्परागत गरगहना तथा ढाका पहिरनमा सजिएर आएका थिए । यो संयोग भने ‘आदिवासी जनजाति चलचित्र उत्सव–२०७३’ले जुराएको हो । उत्सवको तेस्रो दिन अर्थात् सोमबार चाहिँ लिम्बू संस्कृतिमा आधारित बहुचर्चित चलचित्र ‘नुमाफुङ’ स्क्रिनिङ गरिएको छ । सोही अवसरमा लिम्बू समुदायका चर्चित कलाकार तथा चलचित्रकर्मीहरूको जमघट भएको हो ।

आदिवासी चलचित्रकर्मी महासंघको मुख्य आयोाजना सुरु भएको उक्त साताव्यापी चलचित्र उत्सवमा विभिन्न आदिवासी चलचित्रकर्मीहरूको नौवटा संघ सहभागी छन् । १७ बैशाखसम्म दैनिक रूपमा हुने उक्त उत्सवमाको तेस्रो दिन चलचित्र ‘नुमाफुङ’ को स्क्रिनिङ कार्यक्रम भएपनि त्यहाँ कलाकारले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । ‘आनि केरेग पेगि हिलिङ दरबार’ बोलको गीतमा लिम्बू समुदायका चर्चित कलाकारले नृत्य प्रस्तुत गरेर कार्यक्रमको सुरुवात गरिएका थिए ।

उत्सवमा आदिवासी जनजाति समुदायकका एक दर्जनभन्दा बढी चलचित्र प्रदर्शन गरिँदैछ । यस उत्सवको शनिबार सूचना तथा सञ्चारमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । सो अवसरमा उनले आफूहरूले राम्रो नियतले वितरण सुरु गरेको सेलिब्रेटी कार्ड बिवादमा परेकोमा चिन्ता व्यक्त गरे । नीतिगत रूपमा र चलचित्र विकास बोर्डले बुझाएअनुसार मन्त्रालयले सो कार्ड प्रदान गरेको उनले स्पष्ट पारेका छन् । मन्त्री राईले आदिवासी सिनेमाको लागि सेन्सर जिम्मा आदिवासीलाई दिनुपर्ने धारणासमेत राखेका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघको प्रतिनिधिलगायतको एउटा समिति बनाएर आदिवासी जनजाति सिनेमा सेन्सर गरिनुपर्ने उनको सुझाव छ । कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले आदिवासी र जनजाति चलचित्रको अनुकुलमा यथासक्य दर्ता, सेन्सरनीति आउने जानकारी गराए । जनजाति चलचित्र क्षेत्रमा बोर्डबाट विगतको भन्दा धेरै नै काम भएको अध्यक्ष राईले बताए ।

आदिवासी जनजाति चलचित्र महासंघ र संस्कृतिक सँस्थानले आयोजना गरेका सो कार्यक्रममा आदिवासी जनजाति महासंघका महासचिव एवं संसाद पेम्बा भोटेले आदिवासी जनजाति चलचित्रले आदिवासी जनजातिको पहिचान जोगाउन ठूलो योगदान पु¥याको बताए । त्यस्तै, ‘इन्डिजिनियस फिल्म अर्काइभ’का अध्यक्ष एवं चलचित्र निर्देशक नविन सुब्बाले आदिवासी जनजाति चलचित्र आदिवासी सौन्दर्यबाट निर्माण हुन जरुरी भएको धारणा राखेका थिए ।

आदिवासी जनजातिका विषयमा निर्माण हुने चलचित्रको विकासबारे राज्य गम्भिर नभएको सुब्बाले टिप्पणी गरे । कार्यक्रममा बोल्दै साँस्कृतिक संस्थानका महाप्रबन्ध राजेश थापाले आदिवासी जनजाति चलचित्रको विकासका लागि संस्थानले आदिवासी जनजाति चलचित्र महासंघसँग मिलेर यो सप्ताहव्यापी उत्सब आयोजना गरेको बताए । उनले नेपालको सबै आदिवासी जनजातिको भाषा सस्कृति मुलुककै सम्पति भएकोले यसको जर्गेना गर्नु सांस्कृतिक सँस्थानको दायित्व भएको उनले बताए ।

आयोजक संस्था आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले आदिवासी जनजातिको पहिचानलाई जिवन्त राख्दै पर्यटन बिकासमा टेवा पु¥याएको बताए । आदिवासी जनजाति चलचित्रलाई सांस्कृतिक संस्थानमै अब नियमित व्यवसायिक प्रदर्शनमा ल्याउने जानकारी पनि उनले गराए ।

प्रतिक्रिया