समाजिक सञ्जालका भित्ताहरू खोतल्यो, नाम चलेका देशीविदेशी पत्रकारहरू नै डराइरहेका देखिन्छन् भूकम्पसँग । दृष्टिविहीनले त्यसमाथि पनि अँध्यारोमा हात्ती छामेर हात्तीको बयान गरेको भन्दा कम छैन भूकम्पसम्बन्धी विशेषज्ञहरूको प्रतिवेदन पनि । के के न नयाँ कुरा आविष्कार गरेको जसरी भन्दछन्, ‘भूकम्प जान्छ, तर कहिले र कति रिक्टरस्केलको जान्छ भन्न सकिन्न ।’ तै पनि हामी यिनकै विश्वास गर्न वाध्य छौँ ।
मेरो व्यक्तिगत विचार घुसाउने हो भने सायद यो वर्ष प्राकृत्रिक होइन अरू नै क्षेत्रमा भूकम्प जाने सम्भावना देखिन्छ । ‘जतिसुकै उफ्रे पनि भ्यागुतो कान्लामुनिको कान्लामुनि’ नै हुने रहेछ मानव प्रकृतिका अगाडि । भर्खर जपानमा गएको भूकम्पले पनि पाठ सिकाएको छ । भूकम्प नियमित प्राकृतिक परिघटना हो भने त्यसले गर्ने विनाश मान्छेको अहंको विनाश हो । सचेत रहौँ र निडर बनौँ । आफैँ च्यापिने गरी मुसौरी नथापौँ । विनाशकारी भूकम्पले गर्दा आएको जरोले अहिलेसम्म पनि जिउ काँप्न छाडेको छैन । परकम्प गइरहेछन् । १ लिटर ह्विस्की पचाउने जँड्याहालाई बिरामी पर्दा अस्पतालको शैयामा लट्याउने औषधिले नुछुएझैँ हाम्रो तनमनले परकम्प पचाउँदै गइरहेको छ । भूकम्प जाँदाका प्रतिवद्धता, सचेतता सबै अब हराइसके ।
हिजो, आज, भोलि गर्दागर्दै वर्ष दिन आयु घट्न कति नै समय लाग्ने रहेछ र रु आज एक वर्ष पुग्यो भूकम्प बितेको । कोही भन्छन् श्राद्ध गर्नुपर्दछ, कोही भन्दछन् जन्मोत्सव मनाउनु पर्दछ । कसै कसैल त सार्वजनिक बिदाका हल्ला पनि चलाए ।
श्राद्ध श्रद्धाले गरिने एउटा कर्म हो । प्रायः तीन पुस्ताभित्रको कोही आफन्त जीवित हुँदाखेरिको गुन सम्झेर गरिने धार्मिक प्रक्रिया हो । जो जो भूकम्पका कारण प्रताडित भए, भइरहेछन् तिनको आर्थिकस्तरको त कुरै छाडौँ मानसिक र शारीरिक अवस्था पनि जस्ताको तस्तै छ । तर, जजसले भूकम्पका कारण घरजम जोडे तिनका लागि भोलिको दिन श्राद्ध गर्दा नि फरक पर्दैन । जीवित व्यक्तिले आफू मृत्यु भएपछिको सबै संस्कार जीवित हुँदै गर्न सक्ने प्रावधान छ भने यी भूकम्प खाएर मोटाएकाहरूको श्राद्ध अरूले गर्न नहुने भन्ने छैन ।
फेरी कसैले भने जन्मोत्सव मनाउनु पर्दछ । ‘ह्यापी बर्थ डे टु यू’ मा सीमित मस्तिष्कहरूलाई जन्मदिनको महत्व बताएर फाइदा पनि छैन । विश्वास पनि गर्दैनन् । भूकम्प गतवर्ष जन्मिएको थिएन । पृथ्वीको जन्मसँगै यसको जन्म भएको हो । जन्म दिन मनाउन उपयुक्त हुन्थ्यो त हरेक साल माघ २ गतेकै दिन मनाइने गरिन्थ्यो होला । लोकतन्त्र दिवस, प्रजातन्त्र दिवस र गणतन्त्र दिवसका दिन फेरिए जसरी फेरिरहने कुरो त यो नहुनु पर्ने हो । पृथ्वीनारायण शाहको पृथ्वी जयन्ती जसरी भूकम्प जयन्ती मनाउने विचारहरू पनि भेटिए ।
कसैले भने भूकम्प दिवस मनाउनु पर्दछ । कुनै दिन घटेको घटना विशेष जसले गर्दा त्यसपछिका दिनहरू परिवर्तित भए (जस्तै : सहिद दिवस), कुनै दिन घटेको घटना जुन घटना कालान्तरसम्म प्रेरणादायी बनिरहने खालको छ ९लोकतन्त्र दिवस०, कुनै दिनलाई सर्वहीत साधना गर्न प्रेरणा जगाउने ध्येयले केही सकारात्मक सोच बढोस् र समाज वा देश वा विश्वलाई फाइदा होस् भनेर मनाइने ९शान्ति दिवस, पृथ्वी दिवस० आदि दिवस मनाउनु त स्वाभाविक हुन्छ । तर, भूकम्प दिवसले यी कुनै कुराको पनि प्रतिनिधित्व गर्दैन ।
भूकम्प गइरहन्छन् । वैदिक काल, पौराणिक काल, प्राचीन काल र अहिले पनि गइरहेका छन् । जन्मोत्सव, श्राद्ध वा जयन्ति वा दिवस मनाएर भूकम्प आउन नपुगेको जस्तो नगरिए हुन्थ्यो । कसैलाई केही गरेको देखाउनै मन भए भूकम्प सचेतता दिवस भनेर मनाउन सकिन्छ । भूकम्प जाँदाका ती दिन ‘आपैmँ त महादेव उत्तानो टाङ, कसले देला वर रु’ शैलीमा बितायौँ । सबैलाई आफ्नो र त्यसपछि आफन्तकै पीरले सताइरह्यो । देशमा न राजनीति थियो न राजनीतिज्ञ नै थिए । प्रहरी र सेनाले राज्यको इज्जत जोगाइदिए । लाजै नमानी दुई महिनापछि राजनीति जुका जसरी सलबलायो । ‘प्रहरी र सेना भनेको पनि हामी नै हौं’ भन्यो ।
बितेका एकजना प्रधानमन्त्रीले महिला सम्मेलन उद्घाटन गर्दा भन्ने गर्दथे ‘म पनि तपार्इंहरू बीचबाटै आएको हुँ । तपार्इंहरूको दुःख मैले राम्ररी बुझेको छु ।’ सबै सहभागीले तररर ताली बजाएको समाचार भाटभिजनहरूले प्रसारण गरेको हेर्न पाइन्थ्यो । अहिले पनि ‘हेर बिचराको बिजोग, अझ जस्ताको टहरा पनि रहेनछ, मैले त तीन÷चार महिना अगाडि नै पठाउनु भनेको, अझै दिएनछन् रु म गएर तिनलाई ठीक गर्दछु, चिन्ता नलिनु ल ।’ भनेर पीडितलाई चेपारो घसिरहेका छन् । यता चामल कुहिएर पुरिने क्रम सुरु भएको छ । चेपारेहरू भूकम्पमा आएको सहयोग कतातिर के बाँकी छ र कुम्ल्याउँ भनेर आइग्लास लाएर खोजिरहेका छन् ।
देश एउटा भाडामा लिइएको राजनीतिले चलाइरहेछ । अर्को राजनीति मलाई भाडामा लगाउँछन् कि भनेर पालो कुरेर बसिरहेको छ । भाग नपुग्नेहरू नयाँनयाँ नाम लिएर न्वारान गर्न व्यस्त छन् । अस्तित्व संकट पर्दा केके न गर्न लागेको जस्तो देखिन्छ, देखाइन्छ । राणाशासनको अन्त हुँदा, पञ्चायतको अन्त हुँदा, राजतन्त्रको अन्त हुँदा र लूटतन्त्रले सत्ता छोड्नुपर्दा यस्तै नाटक भइरहने गर्दछन् । यसमध्ये कति पढ्यौँ कति भोग्दै आइरहेका छौँ । भूकम्पको विनासमा देश एकजूट हुने आश थियो तर त्यसलाई जूकाहरूले कमाउने अवसर बनाए ।
अन्तमा, ७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि गएका र गइरहेका सयौँ परकम्पबाट ज्यान गुमाउन पुगेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति मनसा श्रद्धासुमन व्यक्त गर्दछु । जो जसले छँदाछँदैको सग्लो शरीरलाई भूकम्पका कारण टुत्र्mयाउनु परेको छ उहाँहरूमा गहिरो सहानुभूति प्रकट गर्दछु । शत्रु लागे पनि कसैलाई दैव नलागून् । जजसले कसैको मुख नताकी आफ्नै पौरखमा रुखोसुखो जोरजाम गर्नुभएको छ उहाँहरूको श्री वृद्धि हुँदै जाओस् । जजसले राज्यले चुहाउँदै लगेका राहत सुँघ्न पाउनुभएको छ, उहाँहरूलाई आफैँ केही गर्न र राजनीतिको दास नबन्न प्रेरणा मिलोस् । आगामी दिन हामी नेपाली मात्रै होइन विश्वका कसैले पनि यस्तो दुर्दान्त प्राकृतिक विपत्तिको सामना गर्न नपरोस्, भगवानसँग यही वरदान माग्दछु । जय धरती माता !!!
प्रतिक्रिया