नेपाली लोकतन्त्रका चुनौतीहरू

drona copyदेशले लोकतन्त्र प्राप्त गरेको एकदशक भएको छ । जनताको चेतनाको प्रवाहलाई पटकपटक रोक्न खोज्ने र जनतालाई रैति बनाई राख्न खोज्ने राजतन्त्र, प्रजातन्त्रको गति सँगसँगै जान नसकेको कारण राजतन्त्रको अन्त गरी गणतन्त्र आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारि भै सातदशकदेखिको जनताको लोकतन्त्र प्राप्तिको चाहान र प्रप्त उपलव्धिहरू संस्थागत भएका छन् । संविधान जारि भइसकेपछि उठेका क्षेत्रीय मागहरूको संम्बोधनका लागि संविधानको पहिलो संशोधन भइसक्दासमेत मधेसी र जनजाति समुदायको संविधानलाई स्वामित्व नलिँदा कार्यान्वयनमा समस्या देखिएको छ ।

यतिखेर लोकतन्त्र दिवस मनाइरहँदा सहिदपरिवार र आन्दोलनमा सहभागी तमाम परिर्वतनकारी त्यागी नेपाली जनताको मनमा प्रश्न उठने गरेको छ, लोकतन्त्र प्रप्तिपछि नेपाली जनताले केके उपलब्धि प्राप्त गरे ? के यतिमै चित्त बुझाउन सकिने अवस्था छ ? एक दशकको लामो समय व्यतित गरेर भए पनि संविधान सभाबाट नै संविधान जारि भयो । शान्ति प्रक्रियाका महत्वपूर्ण कार्य सम्पन्न भए । समावेसी र समानुपातिक पद्धतिद्वारा राष्टनिमार्णमा सबै जाति, क्षेत्रको सहभागिता सुनिश्चित भएको छ । संविधानजारी नहँुदासम्म लोकतन्त्र नै संस्थागत नहुने हो कि इतिहास दोहोरिने हो कि भन्ने ठूलो खतरा थियो । संविधान जारि भएपछि राजनीतिक मुद्दा संस्थागत भएर आर्थिक विकासको एजेन्डामा लाग्न फराकिलो बाटो खुलेको छ । संविधान जारि भइसकेपछि यसको कार्यान्वयनमा देखिएको ढिलाइ र पहिलो संशोधनपछिसमेत केही समुदायले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु यो लोकतन्त्रलाई संवृद्ध पार्ने अवसर र चुनौतिसमेत थपेको छ । अर्कोतर्फ अधिकांश राजनीतिक मुद्दा समाधान भए पनि जनताको जनजीविकाको पक्षमा अपेक्षाकृृत परिर्वतन आउन सकेको छैन, यो लोकतन्त्रका लागि अर्काे ठूलो चुनौतिको विषय हो ।

लोकतान्त्रिक आन्दोलन जनताको शान्ति र संवृद्धिको असिम चाहना बोकेको आन्दोलन थियो । यसका लागि जनताले प्रर्याप्त अनुकूल वातावरण तयार गरिदिएका थिए । यतिखेर वर्तमान राजनीतिक नेतृत्वले विगतका इतिहासलाई दोषारोपण गरेर मात्र आफूले जनताको चाहाना अनुसारको शुसासन दिन नसकेको जिम्बेवारीवाट पन्छिन सक्ने अवस्था छैन, एकदशकदेखि सत्ताको डाँडुपन्यूँ राजनीतिक दलकै हातमा छ । राजनीतिक नेतृत्व तीनसय चौसठ्ठी दिन लोकतन्त्रमा अफाप ठानिएका गतिविधिमा रमाउँदै लोकतन्त्रलाई संकुचित सत्ताकेन्द्रित राजनीतिमा मात्र केन्द्रित गर्ने र लोकतन्त्र दिवसको दिन आफूहरू नै लोकतन्त्रको वास्तविक संवाहक भएको बताएको सुनिन्छ, जसलेगर्दा लोकतन्त्रको लागि योगदान गरेका परिवार र घाइते लोकतन्त्रको उपहास आन्दोलनकारी नेताबाट नै भएको ठान्छन् । कुनै समयमा त विगतका लोकतन्त्र विरोधी शक्तिका गतिविधि र परिर्वतनकारी शक्ति भनिएका नेतामा चारित्रिक फरक भेटिँदैन ।

के हाम्रो लोकतन्त्र लोकतान्त्रिक मान्यता अनुसार चल्न सकेको छ ? आज प्रश्न गर्ने र राजनीतिक नेतृत्वलाई खबरदारी गर्ने दिन हो । लोकतन्त्रले के दियो भन्दा पनि हाम्रो नेतृत्वले लोकतन्त्रका प्रमुख तत्व पारर्दशिता, जवाफदेहिता र कानुनी राज्यको प्रत्यभूति गराउन सके या सकेनन् भन्ने प्रश्न ठूलो छ ? अझ लोकतन्त्र नै सिद्धान्तहीन, गति र दिशाहीन भएको महसुस हुन्छ । भिजनको अभावको कारण हाम्रा अगाडिका ठुल्ठूला अवसर सदुपयोग हुन सकेका छैनन् । लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा र पुनर्निमार्णले गति लिन नसक्दा सुशासनको प्रत्याभूति छैन् । लोकतान्त्रिक संस्कृतिको विकास हुन नसक्दा सरकार बन्न नपाउँदै गिराउने चर्चा सुरु हुन्छ, सरकार काममा भन्दा सरकार जोगाउनमा केन्द्रित बन्नपर्ने बाध्यता रहन्छ ।

राष्टिय एकता र आपसी विश्वासभन्दा एक्लाएक्लै हिँडने आत्मकेन्द्रित संस्कृति अझ त्यो भन्दा पनि बढी आन्तरिक शक्तिमा विश्वासभन्दा दक्षिणको र उत्तरको आडमा स्वार्थ सिद्धगर्ने प्रतिस्प्रर्धाले परनिर्भर राजनीतिक मानसिकताको विकास भएको छ । आन्दोलन र क्रान्तिको समयमा सफल देखिने राजनीतिक नेताहरू, नेतृत्वमा पुगेपछि जनताको अपेक्षा अनुसारको सेवा प्रवाहमा कमजोर देखिनुले यो लोकतन्त्र जनताको जीवनसँग गाँसिन सकेको छैन, जनतालाई उत्साह दिन सकेको छैन । अर्कोतर्फ, लोकतन्त्रलाई जीवन्त बनाउने लोकतान्त्रिक संस्थाहरू अस्तव्यस्त छन् । कर्मचारीतन्त्रले जनतालाई सेवाप्रवाहको तरिका, न्यायक्षेत्रमा हुने ढिलासुस्ती, सुरक्षा क्षेत्र, शौक्षिक क्षेत्रलगायत कुनै निकाय जनतामैत्रि देखिँदैनन् । नत आझसम्म राजनीतिक नेतृत्व, कमचारी र डोनर एजेन्सी विकासमैत्रि छन् सबैलाई आफनो स्वार्थ पूरागर्नमा व्यस्त देखिन्छन यस्तो परिदृश्यको बीचमा हाम्रो लोकतन्त्र कसरी अगाडी बढ्ला भन्ने चुनौति देखिन्छ ।

नेपाली जनताले राणाशासन, पञ्चायत, राजतन्त्र जस्ता शासनहरू देखे भोगे तर लोकतन्त्रको विकल्प अन्य कुनै शासन हुन सकेनन् । लोकतन्त्र जनताको ७० वर्षको संर्घषको एक उत्कृष्ट अभिव्यक्ति हुँदाहुँदै यो शासनमा लोकन्त्रका अफाप र भद्दा गतिविधिहरू समेत देखिए यसैले लोकतन्त्रभित्रै सुधार्नुपर्ने पक्ष राजनीतिक संस्कार, इमानदारीको संस्कृति प्रमुख बनेको छ । लोकतन्त्रको प्रमुख तत्व मध्ये मरिटोक्रेसी अर्थात क्षमतालाई राजनीतिक नेतृत्वको प्रमुख मापदण्ड मानिन्छ । जनताको सार्वभौम अभिव्यक्तिवाट चुनिएका प्रतिनिधिले जनताको आवश्यकतालाई बुझ्दै विश्वासको वैधानिकतामा टेकेर शासन गरिएको हुन्छ । न की कुनै जाति, क्षेत्रले नेतृत्व गर्दा देशको संवृद्धिको आशा गरिन्छ । यसो त हामीले लोकतन्त्र प्रप्तिपछिको समयमा कैयौँ व्यक्तिको नेतृत्वको सरकार, धेरैपढेका डाक्टरको शासन हेरौँ, मधेसी, जनजाति, महिला सबै तर यी सबैभन्दा ठूलो देश र जनताप्रति सच्चा प्रतिबद्ध राजनीतिक संस्कार अभावले जुनसुकै भूमिकाको मान्छे भए पनि ती सबै पक्षगौण बन्नपुग्यो ।

यतिखेर हाम्रो लोकतन्त्रको अर्काे ठूलो चुनौति परनिर्भर अर्थतन्त्र हो, यसले नै परनिर्भर राजनीतिक सोचलाई मलजल गरेको छ । हाम्रो लोकतन्त्रलाई मजबुत बनाउने हो भने हाम्रो नेतृत्वले यसतर्फ इमानदारीसाथ योजना ल्याउन सक्नुपर्छ । के हाम्रो नेतृत्वले भारतले नाकाबन्दी लगाएर हाम्रो अर्थतन्त्र र नेपाली जनजीवनलाई अस्तव्यस्त पार्दा आत्मानिर्भर अर्थतन्त्रको विकासका लागि सामूहिक प्रतिवद्धता र योजना दिनसके ? दुई छिमेकीबीचको सम्बन्ध कस्तो रहने एकै स्थानमा उभिएर बहस र सहमति गर्नसके ? वा भित्राभित्रै छिमेकीको चाकडीबाट सत्ता राजनीतिको नजिक हुने दाउमा छन् ? खबरदारी जरुरी छ, यतिसम्म गर्दा र अपमानित हँुदा समेत पाठ सिकेनौँ भने हामी कहिल्यै राजनीतिक र आर्थिक संवृद्धिको लक्ष्य पूरा गर्ने छैनौँ ।

हाम्रो संपदायुक्त संभावनाको प्रयोग गर्न किन हामी सकिरहेका छैनाँै ? एकातर्फ दैनिक १५ सयको दरले नेपाली युवा विदेशिएका छन् भने अर्कोतर्फ पुनर्निमार्णको लागि श्रमशतिmको अभाव छ । के हामीले हाम्रो श्रमशक्तिको सदुपयोग नगरी देशको आर्थिक गति दीन सक्छौँ ? यी लक्ष्य पूरा गर्नका लागी हामीसँग भएको विकल्प राष्टिय राजनीतिक एकता र कूटनीतिक हो के हामीले हाम्रो कूटनीतिक क्षमता प्रर्दशन गर्न सकेका छौँ ? हाम्रो कुटनीतिक क्षमता कमजोर हुँदा हाम्रो अन्तर्राष्टिय अधिकारको उपयोग गर्न नदिएर छिमेकीले हेप्यो । के हाम्रो आन्तरिक राजनीतिक शक्ति एक भएको भए हामी हेपिने थियौँ ?

अतः लोकतन्त्र संसारको उत्कृष्ट रविशिष्ठकृत शासन पद्धति हो तर यसका लागि सही नेतृत्व र व्यवस्थापनको अभाव भएमा देश अराजकताले ठाउँ पाउँछ, जनताले सबैभन्दा ठूलो दुःख भोग्नुपर्ने हुन्छ । यसको सफलताको लागि जनतासमेत दायित्वबोध गर्न आवश्यक छ, जनताले अधिकारको मात्र कुरा गर्ने र दायित्वबोध नगर्दा लोकतन्त्र केबल काल्पनिक विषय बन्छ । अतः लोकतन्त्रको लागि प्राणको आहुति दिनुहुने सहिदहरूको प्रेरणादायिक आकांक्षा र ज्युदो इतिहास बोकेका घाइते, तमाम जनताको परिर्वतनको आकांक्षालाई पूरागर्न आत्मनिर्भर अर्थतन्त्रबाट नै बलियो लोकतन्त्र निमार्ण संम्भव छ ।

सहिदहरू नेपाली हुनुमा गर्वको बोध र शिर ठाडो पारेर बाँच्न सिकाउँदै त्यसका लागि आप्mनो लगानी गरेर गएका छन्, जनताले निरंकुशताको लाठी, बुट र गोलीखाएर ल्याएको लोकतन्त्र संवृद्धहोला भनेर धैरेतापूर्वक सहेर बसेका छन् । ती राष्ट्रका धरोहरको वास्तविक सम्मान गर्ने हो भने लोकतन्त्र भाषण र दिवसमा मात्र सीमित हुनुहुन्न, जनताले देख्ने र अनुभूति गर्न सक्ने गरी जनताको जीवनसँग गासिन सक्नुपर्छ । यसका लागि राजनीतिक नेतृत्वले गर्नपर्ने र गर्नसक्ने धेरै कार्यहरू छन् । जसका लागि सानो संस्कारगत परिर्वतन र सामूहिक प्रतिबद्धताको खाँचो छ जसले बाँधिएका गाँठाहरू फुक्ने र ठूलो संभावना निमार्ण गर्न मद्दत गर्छ । यतिखेर लोकतन्त्रलाई चुनौति दिनसक्ने र यसलाई नमान्ने शक्ति छैन यसैकारण यो ऐतिहासिक मोडमा संविधान कार्यन्वयनलाई गति दिँदै पुनर्निमार्णका लागि राष्ट्रिय एकताको निर्माण गरि आर्थिक संवृद्धिको ढोका खोल्न सक्नुपर्छ ।

संविधान जारि भएपछि, नयाँ राजनीतिक युगको सुरुआत भएको छ यतिखेर अडिक भएर राष्ट्रियता र जनजीविकाको सवालमा खरो उत्रन सक्नुपर्दछ र आर्थिक युगका लागि संवृद्धको तीव्रता आवश्यक छ, क्रान्ति पुगेन अझ राजनीतिक क्रान्तिको आवश्यकता छ कसैले भन्छ भने त्यो मुर्खता मात्र हुन्छ । संविधानले सीमान्तकृत पछाडि पारिएका वर्गलाई प्राप्त अधिकार दिएको छ, आन्तरिक समस्याको समाधान देशभित्रै खोज्दै सदभाव पूर्णतरिकाले निकास निकाल्न सक्नुपर्छ । दश वर्षको संविधान लेखनको ढिलाइको पूर्ति संविधान कार्यान्वयनको तीव्रताबाट गर्न सक्नुपर्छ, आझका युवा इतिहासको सबैभन्दा बढी अवसरवादी हुनु नेपालको लागि सबैभन्दा ठूलो दुर्भाग्य बनेको छ, कि त विदेशिनुपर्ने नेपालमै रहे चाकडी र दलालीबिना बाँच्न नसक्ने वाध्यतामा छ । यसर्थ कुटनीति, अर्थनीति, योजनाबद्ध विकासमा राष्ट्रिय एकताको निर्माणबाट नै केही वर्षमा नै लोकतन्त्रले छवि परिर्वतन गर्न सकिन्छ राजनीतिक नेतृत्वमा यो खुबी जागोस् । लोकतन्त्रको शुभकामना ।

(लेखक सहिद स्मृति तथा सहिदपरिवार र जनआन्दोलन २०६२÷६३ का आजीवन अपांग घाइते सरोकार समितिका महासचिव हुन् ।)

प्रतिक्रिया