काभ्रे, ८ वैशाख । वल्र्ड अफ दि चिल्ड्रेन अवार्ड २०१६ ले प्राडा अशोककुमार बाँस्कोटा सम्मानित भएका छन् । करिब १९ वर्षदेखि संसारका सबै देशहरूको अस्पताल र बाल अस्पतालहरूले पु¥याएको योगदानको कदर गर्दै हरेक वर्ष दिइने पुरस्कार यो वर्ष बाँस्कोटालाई दिइएको हो ।
अमेरिकाको क्यालिफोर्नियामा उनलाई सो अवार्ड प्रदान गरिएको थियो । अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र काभ्रेका अध्यक्ष र बिएनबी अस्पतालका समेत प्रमुख रहेका बाँस्कोटा विश्वभरका २४ हजार अस्पतालहरूको छनोटमा १ सय ९० मा पर्न सफल भएका छन् । पुरस्कृत भएको थाहा पाएलगत्तै अस्पतालले एक स्वागत कार्यक्रमको आयोजना गर्दै काभ्रेमा अपांगता भएका बालबालिकाहरूको अधिकारसमेतको बारेमा चासो राख्दै आएको संस्था एचआरडसीले आयोजना गरेको कार्यक्रममा स्वागत गर्दै उनले गरेको योगदानको मूल्यांकन भएको भन्दै प्रशासक राजिव श्रेष्ठ, डा. बाबुकाजी श्रेष्ठ, कर्मचारी युनियनका अध्यक्ष रुद्र सापकोटा, डा. विवेक बाँस्कोटालगायतले बाँस्कोटाले अस्पताललाई दिएको योगदान र बालअस्पतालले आगामी दिनमा पनि यस्तै सफलता पाउने कुराको बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्राडा अशोककुमार बाँस्कोटाले आफूले पाएको उपहारमा सबैको उत्तिकै मिहिनेत रहेको भन्दै अस्पतालको संख्यात्मक र गुणस्तरीय उपचारको बारेमा सबै कर्मचारीले पु¥याएको योगदानको प्रशंसा गरेका थिए । उनले आगामी दिनमा पनि आफूहरू सो पुरस्कारले थप उत्साहित भएको भन्दै सोहीअनुसार कार्य गरिने बताएका थिए । काभ्रेमा रहेको सो अस्पतालले सन् १९८५ देखि २०१५ सम्म आइपुग्दा ६८ हजार ६ सय १७ बिरामीको उपचार गराइसकेको तथ्यांकमा उल्लेख गरिएको छ । डा. बाँस्कोटाले यसअघि पनि सन् २०११, २०१२, २०१४ मा स्टारलगायत अवार्डले सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया