धनकुटा, ८ वैशाख । धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरमा बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । ‘पुराण तपाईंको, संयोजन विश्रान्तिको’भन्ने नाराका साथ सुरु भएको महापुराण १४ गतेसम्म चल्नेछ ।
धनकुटा नगरपालिका–१५ मूलघाटस्थित विश्रान्ति परिसरलाई पितृस्थलधामको रूपमा विकास गर्ने उद्देश्यले महापुराण आयोजनागरिएको मन्दिर व्यवस्थापन समिति सचिव जनार्दन घिमिरेले जानकारी दिए । विश्रान्ति परिसरमा दाहसंस्कार गरिएका पितृहरूको सम्मान र सम्झनास्वरूप पुराणबाट संकलित रकमबाट पितृस्तम्भ पनि निर्माण गरिने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूलआयोजक समितिले जनाएको छ । यसअघि मंगलबार महापुराणका लागि धनकुटा बजारमा कलशयात्रा पनि गरिएको थियो ।
प्रतिक्रिया