नेपाली किशोरीमाथि भारतमा यौनशोषण

काठमाडौं ८ वैशाख । एक नेपाली किशोरीमाथि यौन शोषण गरेको आरोपमा भारतीय प्रहरीले १ सय १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पीडित किशोरी सोनम (परिवर्तित नाम) १६ वर्षकी हुन् । र, उनलाई नेपालबाट भारतको पुनेमा पु¥याइएको थियो ।

आफूमाथि पछिल्ला २ वर्षदेखि लगातार यौनशोषण भइरहेको उनले बताएकी छिन् । यसमा १ सयभन्दा बढी व्यक्तिहरू संलग्न रहेको उनको भनाइ छ । पुनेको प्रहरीले यस मामिलामा अहिलेसम्म ५ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा स्वीकृति खरेल, रमेश ठाकुला, तपेन्द्र साही, हरीश साह रोहित भण्डारी रहेका छन् ।

बिबिसी हिन्दीमा प्रकाशित समाचार अनुसार पीडित किशोरीको घर झापाको काँकडभिट्टामा पर्छ । उनका बाबुले चिया पसल चलाउँछन्, जहाँ रोहित भण्डारी नियमित रूपमा आउने गर्थे । विस्तारै उनी किशोरीका बाबुका साथी बने । रोहितले एक दिन किशोरीलाई पुनेको एउटा ब्युटी पार्लरमा राम्रो तलब आउने गरी काममा लगाइदिने प्रस्ताव राखे । बुबाले रोहितमाथि पूरा विश्वास गरेर छोरीलाई उनको साथ लगाएर पठाइदिए ।

वचन पूरा गर्दै रोहितले किशोरीलाई पुनेको एउटा ब्यूटी पार्लरमा काम पनि लगाइदिए । सुरुआतमा केही दिनहरू राम्रैसँग बिते र किशोरी पनि खुसी भइन् । तर, रोहितले स्वीकृतिसँग मिलेर किशोरीलाई जबर्जस्ती देहव्यापारमा लगाए । किशोरीले नमान्दा उनलाई नशालु औषधि खुवाएर शारीरिक शोषण पनि गरे । यसरी २ वर्षसम्म किशोरीमाथि लगातार यौनशोषण भयो । यस दौरान सयभन्दा बढिले उनको शरीरमा आफ्नो जवानी पोखेको बताइएको छ ।

प्रहरीबाट बच्न अभियुक्तहरूले किशोरीलाई फरकफरक ठाउँमा राख्ने गर्थे । स्वीकृति र उनका साथीले आफूलाई देहव्यापारका लागि हैदरावाद, भोपाल र अहमदावादमा पनि लैजाने गरेको किशोरीले बताएकी छिन् । पछिल्लो महिना स्वीकृति तथा उनका साथीले किशोरीलाई पुनेको एउटा फ्ल्याटमा ल्याए । उनीमाथि हातपात गर्नुका साथै र गर्भपतन पनि गराए ।

त्यही फ्ल्याटमा दिल्लीमा बस्ने एक मोडललाई पनि राखे । स्वीकृतिको समूहले मोडल बन्न आएकी २६ वर्षीया युवतीलाई पनि जबरजस्ती देहव्यापारमा लगाए । अघिल्लो महिना तीनै मोडलसँग मिलेर किशोरी भागिन् र दिल्ली आइन् । उनीहरूले प्रहरीमा उजुरी गरे । र, पुनेको प्रहरी अन्य अभियुक्तहरूको खोजीमा छ ।

प्रतिक्रिया