राज्यले हेपेको दुर्गम बस्तीमा पीडैपीडा

बाजुरा, ३ वैशाख । सूचना र सञ्चारले विश्वलाई नजिक बनाएको भनिरहँदा बाजुरा जिल्लाको विच्छ्या भने संचारको अभावमा पीडित बनेको छ । दुर्गम विच्छ्या गाविसका स्थानीयवासीहरू सम्पर्कविहीन हुने गरेका छन् ।

सदरमुकामबाट ४ दिनको पैदल यात्रा गरेर मात्र पुगिने उक्त गाउँमा टेलिफोन सेवा नहुँदा सामान्य सम्पर्कका लागि एक÷दुई दिनको पैदल यात्रा हिँडेर मात्र आफ्ना आफन्तसँग कुरा गर्नुपर्ने बाध्यता रहेको छ । राज्यले मानिसलाई स्वास्थ्य शिक्षा सञ्चार अनिवार्य आवश्यकता पूरा गर्नुपर्ने भए पनि विच्छ्यावासीलाई सञ्चारको दुनियाँबाट विभेद गरेको स्थानीयवासीको आरोप छ ।

त्यहाँ सँचार सेवा नहँुदा आफ्ना वल्लापल्ला घरका छिमेकीबाहेक अन्य ठाउँमा के भइरहेको छ भन्ने बारे कुनै जानकारीसमेत नहुने बताउँछन् स्थानीय कलक रोकाया । उनले भने, ‘युग यतिखेर २१औँ शताब्दीबाट २२औँ शताव्दीतिर जान लाग्यो भन्छन सञ्चारको युगसमेत भन्छन् हामीलाई त १६औँ शताब्दीभन्दा पनि कमकै अनुभव भइरहेको छ सञ्चारको कुनै अनुभव भएको छैन गाउँमा भोट माग्न नेताहरू आउँदा सबै नेताहरू विच्छ्यामा तत्काल टेलिफोन सेवा सुचारु गर्ने हाम्रो पार्टीको प्रतिबद्धता भयो भनेर जान्छन् भोट पनि दिन्छौँ तर फर्की हेर्दैनन् ।’

संविधानसभामा सहभागी हुने जिल्लामा ५ जना सभासद् छन् । जसमा कर्णबहादुर थापा, बद्रीप्रसाद पाण्डे, कणबहादुर विक (केशव) बसुन्धरा रोकाया र पेम्बा गरुङ भोटे र केन्द्रीय सदस्य भने एकदर्जन बढी छन । केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरू च्याउ फुलेझैँ छन् । तर, बाजुराको विकास भने लाजमर्दो अवस्थामा छ जहाँ टेलिफोन सेवासमेत छैन । बाजुरामा पछिल्लो समयमा नेता हुनेमा होडबाजी नै चलेको छ । विकास भने हातलाग्यो शून्यझैँ छ । नेता भएपछि मात्र पैसा कमाउन पाइन्छ भन्ने यहाँको चलन छ । तर, स्थानीयवासी भन्छन् ‘बाजुरामा नेता छन् तर हाम्रा लागि त आकाशको फल आँखा तरी मर भनेभैmँ भएको छ हाम्रा नेता ज्यूहरूले त हाम्रा कुरा नै सुनिदिएनन् गाविसमा टेलिफोन सेवा नहुँदा हाम्रा आफन्त र अन्य मानिसहरूसँग सम्पर्क गर्नसमेत पाएका छैनौ चिठीपत्र लेखेर पठाउ भने हुलाक सेवासमेत प्रभावकारी छैन विच्छ्यामा त कुनै हुलाकका कर्मचारीसमेत् जाँदैनन् सरकारले त विच्छ्यावासीलाई सौतेनी व्यवहार गरिरहेको छ । टेलिफोनको विषयमा हामीले जिल्लास्तरमा धेरैपटक कुरा उठाइसकेका छौँ तर सम्बन्धित निकायले कुनै चासो देखाएको छैन ।

जति जोगी आए पनि कानै चिरिएका भनेझैँ जति नेता भए पनि आफनो खल्ती भर्ने रातारात करोडपति हुने मात्र नेता भए बाजुराको विकासमा कुनै पनि चासो नदेखाएको विच्छयाँका देवीलाल बुढाले दुखेसो पोखे, ‘हाम्रो जिल्लाका सबै गाउँ विकास समितिमा टेलिफोन सेवा सुचारु भरहेको छ । सदरमुकामका त कुरै नगरौँ कोल्टीमा त इन्टरनेट चलिसक्यो भन्छन् हामीले कैले फोन समाउने अनि कुन ठाउमा के भैरहेको छ भन्ने समेत हामीलाई कनै जानकारी हुदैन कुनै ठाउँबाट चिठीपत्र समेत आउदैन्न । फोन सेवा नहुदा सरकारी तथा गैर सरकारी संसस्थाका कर्मचारी समेत गाँउ बस्दैन्न जिल्लामा के भैरहेको छ भन्ने जानकारी समेत हुँदैन’ ।

त्यस्तै आफ्नो दुखेसो पोख्छन् स्थानीय छप्कीलाल बुढा ‘गाउँमा टेलिफोन सेवा नहुँदा विदेशमा गएका आफन्तसँग फोन गर्न ५ दिनको समय लिएर कोल्टी पुगे कोल्टीमा जाँदासमेत कोही आफ्नो मोबाइलमा व्यालेन्स छैन भन्छन् त कोही चार्जसमेत नभएको उत्तर दिन्छन् जेनतेन गरे एकजना साउजीको सिडिएमए फोनबाट बल्ल आफ्ना आफन्तसँग कुरा गर्न पायाँ हाम्रो गाउमा फोन सेवा भई दिएको भए त हरूर त्यस्तो दुःख हुने थियो न अनि आर्थिक र समय पनि वचत हुने थियो होला सरकारले हाम्रो कुरा समयमै सुनिदेवस अब हामी गाउँमै बसेर फोन गर्न पाउँ भन्ने दुखेसो पोखेका छन्’ । टेलिफोन सेवा नहुँदा जिल्लाका ग्रामीण भेगका जनतालाई निकै हैरानी खेपिरहनुपरेको छ यता सरकारवाला निकाय भने कानमा तेल हालेर सुतिरहेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया