काठमाडौं, २७ चैत । प्राय म्युजिक भिडियोहरुमा उत्तेजक नृत्य प्रस्तुत गर्ने भनेर प्रचारित ज्योती मगरले फरक किसिमको अभिनय गरेकी छन् ।
उनको भर्खरै सार्वजनिक भएको गितमा उनले बिरामी भएर झोक्राएको अभिनय गरेकी छिन् । ज्योतीलाई अभिनयमा साथ दिएका छन् शिवहरी पौडेलले ।
‘ब्रेकफेल’ नाम राखेर हाँस्य टेलिश्रृंखला निर्देशन सुरु गरेका शिबहरि पौडेल गायिका मगरसँग शिलाजिल खाने सल्लाह गर्दै रहेको दृष्य यसमा देखाइएको छ । ज्योतीले तिम्ले पनि गर्न सकेनौ भनेपछि शिबहरिले शिलाजीत किनेर खाएको दृष्यमा कैद गरिएको छ ।
यो आयुर्वेदिक गीत हो । ‘आयुर्वेदिक औषधी खाएपछि चट्टै भयो चट्टै’ बोलको गीतमा अभिनय गर्दै ज्योतिले भावुक अभिनय गरेकी हुन् । ज्योती मगर र खुमन अधिकारीको स्वर रहेको यस गीतमा झलेन्द्र अधिकारीको शब्द रहेको छ ।
प्रतिक्रिया