धनकुटा । धनकुटाका किसानहरू संगठित भएका छन् । जिल्ला सदरमुकाममा सोमबार भएको भेलाले नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ धनकुटा गठन गरेको हो । भेलाले रोहित न्यौपानेको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा सीता बस्नेत, सचिवमा जगतबन्दु पौडेल र सहसचिवमा हिरा गुरागार्इं चयनभएका छन् । त्यसैगरी सदस्यहरूमा पदम बस्नेत, संजोग कोइराला, सावित्रा कार्की, सीता न्यौपाने, हेमबहादुर थापा, पदमबहादुर कटुवाल र सुरेश सहनी चयन भएका छन् । सो समितिले धनकुटाका कृषकहरूको हकहितमा काम गर्दै कृषि क्षेत्रलाई व्यवस्थित गर्नका लागि काम थाल्ने नवगठित समितिका अध्यक्ष न्यौपानेले बताए ।
सो अवसरमा जिफन्टका राष्ट्रिय कमिटी सदस्य मदन रिमाल, कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय आर्थिक विभाग प्रमुख नेत्र दाहाल, जिफन्टका जिल्ला अध्यक्ष भेषराज कटेल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका जिल्ला अध्यक्ष डा. खगेन्द्र कटुवाललगायतले नवगठित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । (सौस)
प्रतिक्रिया