१० जिल्लामा आवास विज्ञ खटाइयो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित १० जिल्लामा निजी आवासको काम प्रभावकारी बनाउन विज्ञहरू खटाएको छ । जसअनुसार रसुवा, नुवाकोट र धादिङमा ध्रुव शर्मा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा डा. चन्द्रबहादुर श्रेष्ठ, गोरखा र मकवानपुरमा डा. हरिराम पराजुली र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा डा. विष्णुप्रसाद भण्डारीलाई सोमबारदेखि खटाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिएका छन् ।

उनले भने, ‘निजी आवास पुनर्निर्माणको कामलाई थप प्रभावकारी बनाउन, जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग समन्वय र अन्तक्र्रियाका लागि विज्ञ सदस्य खटाइएको हो ।’ प्राधिकरणले आइतबार ८ जिल्लाका १÷१ गाविसमा अनुदान पाउने लाभग्राहीको सूची सार्वजनिक गरेको थियो । (सौस)

प्रतिक्रिया