धनकुटा, २० चैत । धनकुटामा शनिबार खुला कविता प्रतियोगिता गरी कविता क्षेत्रबाट खोजी गरिने ‘धनकुटेली काव्यतारा’मा जिल्लाका ५ कविहरूलाई छनोट गरिएको छ । साहित्य विज्ञान प्रतिष्ठान काठमाडौंले प्रतियोगिता गरी उत्कृष्ट भएका ५ लाई काव्यतारा घोषणा गरेको हो ।
धनकुटामा नियमित साहित्यिक गतिविधि हँुदै आएको भए पनि काव्यताराको रूपमा पहिलोपटक कार्यक्रम गरिएको हो । ४७ जनाबीच भएको प्रतिस्पर्धाबाट उत्तम लिम्बू, टेकनाथ न्यौपाने, जगमाया मादेन, केजी सुब्बा र मनु विश्वकर्मा उत्कृष्ठ घोषित भएका हुन् । छनोटमा परेका ५ जनालाई प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका क्रममा आगामी वैशाखमा सामुहिक ५० हजार रूपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
पहिलोपटक मुलुकभरिमा नै धनकुटा र झापामा यस प्रकारको काव्यतारा खोजी गरिएको आयोजक संस्थाका अध्यक्ष सगोत्री आचार्यले जानकारी दिए । उनका अनुसार काव्यताराको शृंखला सबै जिल्लामा क्रमशः सञ्चालन गरिनेछ ।
प्रतिक्रिया