बुटवल, चैत १८ । दिउँसोको ४ बजेको छ, १ व्यक्ति हतारहतार एउटा घर अर्को घर दौडिरहेका छन् । भुइँमै झर्ने गरी ५, ७ वटा फाइलहरू हातमा लिइएका व्यक्ति आफ्नो काम आजै नसकिने हो भन्ने चिन्ताले दौडिएका हुन् भन्न ग्राहो छैन । पछि अर्का व्यक्ति सहयोगीको भूमिका निर्वाह गर्ने बाहाना बनाइरहेका छन् ।
कुनै चलचित्रको पटकथा लाग्ने यो घटना कुनै चलचित्रको नभई बुटवलमा रहेको नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, भूमिसुधार तथा व्यवस्थापन विभागअन्तर्गत मालपोत कार्यालय बुटवलको हो । रुपन्देहीको सालझन्डी घर भएका अमित चौधरी जग्गा पास गर्न बिहानै कार्यालय आए पनि काम नसकिने भएपछि उनी हतारोले निकै दौडधूपमा थिए । यता सहयोगीले काम छिट्टै फत्ते गरिदिने भन्दै उनको अघिपछि गरिरहेका थिए । ‘बिहानै आएको हुँ, अहिलेसम्म काम सकिएको छैन्, कसैको सहयोगविना केही काम पनि नहुँदो रहेछ’, लालपूर्जा देखाउँदै उनले भने ।
२ वटा भवनमा जाने र आउने १० पटकभन्दा बढी गरेको बताउने अमित चौधरीले १÷२ रुपैयाँ हातमा नथमाइदिँदासम्म सामान्य काम कसैले पनि नगर्ने बताए । ‘हामीहरू लाइनमा बसे पनि फाइल खोज्नेले खोजिँदैनन् १÷२ सय दिनेहरूको फाइल आफँै भित्र गएर ल्याउने गर्छन, कार्यालयमा बेथिति छ,’ उनले भने ।
उनी मात्र होइन मालपोत कार्यालयमा आउने अधिकाशंहरूले बिचौलियाको भ्याइनभ्याइले सेवाग्राही मर्कामा पर्ने गरेको गुनासो गरेका छन् । बुटवल–१५ सेमलारका मनोज ज्ञवालीले पैसा नहुँदासम्म केही काम नबन्ने आममानिसको धारणा भइसकेकाले काम छिटो गर्न पनि १÷२ रुपैयाँ सेवाग्राहीले दिने गरेको स्वीकार गरे । उनले भने, ‘दिनभर काम नबन्नुभन्दा खल्तीमा यसो राख्दिए काम बन्छ, के गर्ने मानिसलाई जहिले पनि हतार फेरी, त्यसैले दिने गर्छन् ।’
यता मालपोत कार्यालय बुटवलका निमित्तप्रमुख माधव घिमिरेले आपूmहरूकहाँ त्यस्ता गुनासा सेवाग्राहीले नल्याएको भन्दै यदि त्यसो भेटिएमा कारबाही गरिने बताए । उनले कार्यालयको अवस्थाका कारण पनि आपूmहरूलाई धेरै जटिलता उत्पन्न भएको भन्दै आफ्नै कार्यालय भएमा अहिलेका अधिकांश समस्या समधान हुने बताए । उनले घरायसी प्रयोजनको भवनलाई कार्यालय बनाउँदा धेरै नै समस्या भएको भन्दै यसको व्यवस्थापन हुनसके अहिले भएका समस्यामध्ये ५० प्रतिशत सेवाग्राहीका गुनासा कम हुने बताए । कार्यालयमा आउने सेवाग्राहीले पानीको उचित व्यवस्थापन, कार्यालयको अव्यवस्थित, लेखनदासको मनपरी, नागरिक वडापत्र सबैको पहुँचमा नभएको गुनासो गर्ने गरेका छन् ।
८ कात्तिकबाट बुटवलमा आफ्नो सेवा गरेको मालपोत कार्यालय बुटवलले फागुन मसान्तसम्म २० करोडभन्दा बढी राजस्व संकलन गरेको निमित्तप्रमुख घिमिरेले बताए । उनले कार्यालय नै धेरै नमिलेर सेवाग्राहीको गुनासो आएकाले आपूmले गरेर हुनुपर्ने सुधारका लागि सधै तत्पर हुने बताए ।
यता बिहीबारै पारदर्शी सरोकार समूह बुटवलको आयोजनामा विहीबार बुटवलको मालपोत कार्यालयमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । टान्सपरेन्सी इन्टरनेसनलसँग आवद्ध समुहले ‘नेपालमा सदाचार प्रवद्र्धन कार्यक्रम’अन्तर्गत नागरिक सहायता कक्ष सञ्चालन गरिएको हो ।
बिहीबार बिहान १० बजेदेखि संकलन भएका गुनासा तथा सुझावको कार्यालय समयपश्चात् सम्बन्धित निकायसँग छलफल गरिएको थियो । समूहका कोषाध्यक्ष तथा एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा समूहकी कार्यक्रम अधिकृत देवी डुम्रेले सेवा ग्राहीहरूले राखेका गुनासा तथा सुझावको बारेमा जानकारी गराएकी थिइन् । गुनासा तथा सुझावपश्चात मालपोत कार्यालय बुटवलका निमत्तप्रमुख माधव घिमिरे र मालपोत अधिकृत केशव भट्टराईले गुनासाहरूउपर स्पष्ट पारेका थिए । नागरिक सहायता कक्षमा अधिकांश सेवा ग्राहीहरूले कार्यालयको भौतिक संरचना अस्तव्यस्त भएको, बिचौलियाको बिगबिगी बढी भएको लगायतका गुनासाहरू राखेका थिए ।
प्रतिक्रिया