सुनसरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सुनसरी अध्यक्ष जनकऋषि राईलाई आएको धम्कीप्रति नेपाल पत्रकार महासंघले आफनो ध्यानाकर्षण भएको जनाएको छ । पूर्णांक साप्ताहिकमा प्रकाशित ‘भगवान्को पनि नागरिकता’ नामको समाचारको विषयलाई लिएर आएको धम्की अत्यन्तै निन्दनीय रहेको भन्दै महासंघले विज्ञप्तिमार्फत निन्दा एर्व भत्र्सना गरेको छ ।
महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर ‘गड एन्जल’का अनुयायीले राईलाई धम्की दिएको भन्दै तिनीहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसमक्ष जोड्दार माग गरेको छ ।
प्रकाशित विषयमा कुनै कुरा चित्त नबुझेमा कानुनी उपचार खोज्नुको बदला समाचार लेख्ने पत्रकारमाथि धम्की दिनु अत्यन्त निन्दनीय रहेकाले दोषी व्यक्तिलाई कानुनी प्रक्रिया अघि बढाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । (सौस)
प्रतिक्रिया