वेबसाइट ह्याकर पक्राउ

काठमाडौं, १० चैत । काठमाडौंमा वेबसाइट ह्याकर्स पक्राउ परेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालयको वेबसाइट ‘ह्याक’ गर्ने व्यक्ति पक्राउ परेका हुन् । तनहुँ, बन्दीपुर घर भई हाल काठमाडौंको बालाजु हाइटमा बस्दै आएका १८ वर्षीय विकास पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले ७ चैतमो सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

प्रहरीको महाशाखामा परेको उजुरीको आधारमा छानबिन गर्दै जाँदा बेबसाइड ह्याक गर्ने ह्याकर्सले ‘ब्लयल थmयगक ३इउलभउ’योग गरेर ह्याक गरेको देखिन आएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा निज विकास पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध विकास संस्थान, नेपाल दूरसञ्चार संस्थानका केही प्रयोगकर्ताको विवरण एवं विभिन्न शैक्षिक संस्थालगायत करिब २ सय वटा बेबसाइट ह्याक गरेको बुझिन आएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया