काठमाडौं एशियाकै प्रदुषित

poluted kathmanduकाठमाडौं ६ चैतं । काठमाडौं एशियाकै सबैभन्दा प्रदुषित शहर बनेको छ । यो विश्वको तेस्रो प्रदुषित शहरसमेत भएको छ । हालै मात्र विश्व प्रदुषण सुचकांक प्रकाशित भएको छ, जसमा नेपाल विश्वकै तेस्रो र एसियाको पहिलो प्रदुषित शहर बनेको हो । अध्ययनका अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदुषण निकै उच्च विन्दुमा छ भने पिउने पानीमा हुने प्रदुषण पनि उच्च बिन्दुमा रहेको छ ।

झण्डै तीन महिनाअघि वायु प्रदुषणका कारण बेइजिङ तुवाँलोले ढाकेको र मानिसहरू मास्क लगाएर हिँडेको समाचार पढ्दा धेरै नेपालीले कस्तो प्रदुषण भन्दै जिब्रो टोके । तर, बेइजिङलाई पछि पार्दै काठमाडौं विश्वमै प्रदूषित शहरमा सुचीकृत हुन पुगेको हो । विश्वकै प्रदुषित शहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा छ । नेपालले ९६.६६ अंक पाएको छ । सबैभन्दा प्रदुषित शहरमा मासेडोनियाको टेभोगो र दोस्रो स्थानमा इजिप्टको शिकागो छ । दुवैको अंक ९९ प्लस छ ।

प्रदुषण सूचकांकका आधारमा काठमाडौंसँगै भारतका दुई शहर विश्वकै मुख्य १० प्रदुषित शहरको सूचीमा छन् । काठमाडौंसँगै भारतको नोयडा विश्वकै छैठौं र राजधानी दिल्ली आठौं प्रदुषित शहरका रुपमा सूचीकृत भएका छन् ।

छिमेकी मुलुक भारतको नोयडा छैटौँ, चीनको ग्वान्झाओ सातौँ स्थान र भारतकै दिल्ली आठौँ नम्बरमा छ । विश्वमै प्रदुषित शहरको सूचीमा बंगलादेशको ढाका १४औँ, ब्राजिलको साओ पाओलो १६औँ, भारतको मुम्बई १७औँ, चीनको बेइजिङ १८औँ र पाकिस्तानको कराँची २०औँ स्थानमा छन् ।

एशियाको प्रदुषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ । मनिला, दोस्रो र नोयडा तेस्रो स्थानमा छ । बेइजिङ १३औँ नम्बरमा छ । यो सूचीको सबैभन्दा पुछार ७४औँ नम्बरमा जापानको टोकियो छ ।

प्रतिक्रिया