विवाह भोजका लागि हिँडेको बस दुर्घटनाहुँदा एघार जनाको मृत्यु

फिरोजाबाद । भारतको उत्तरप्रदेशमा विवाह भोजमा सरिक हुन हिँडेका व्यक्ति बोकेको एक बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। ।

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउ सहरबाट करिब ३५८ किलोमिटर पश्चिममा पर्ने इलाकामा यो घटना भएको जनाइएको छ ।

घटनामा घाइते भएका मध्ये पाँचको अवस्था चिन्ताजनक रहेको सो इलाकाका प्रहरी निरीक्षक सन्जीव बजपार्इंले बताउनुभयो । गम्भीर घाइते ती पाँच व्यक्तिलाई आग्रास्थित अस्पतालमा पठाइएकोे छ ।

सो घटनामा मारिएका मध्ये चार जनाको दुर्घटना स्थलमै मृत्यु भएको र बाँकी पाँच जनाको भने उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिइएको छ । (एजेन्सी)

प्रतिक्रिया