भोम्जन स्मृति क्लाइम्बिङ मिडिया कप २०१६ हुने

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा सुमन भोम्जन स्मृति क्लाइम्बिङ मिडिया कप २०१६ हुने भएको छ । आगामी ५ मार्चमा हुने चौथो माउन्टेन स्पोर्ट्स फेस्टिबलको अवसरमा सो प्रतियोगिता गर्न लागिएको बिहीबार नेपाल खेलकुद पत्रकार मञ्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

गत १२ वैशाखको भूकम्पमा परी निधन भएका भोम्जनको स्मृतिमा हुने प्रतियोगितामा करिब ५० खेल पत्रकारको सहभागिता रहनेछ । प्रतियोगितामा विजेताले ३ हजार, उपविजेताले २ हजार र तेस्रो हुनेले १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सो अवसरमा फागुन र चैतमा हुने चौथो माउन्टेन स्पोटर््स फेस्टिबलको समेत उद्घाटन गरिनेछ । प्रतियोगिता नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) र पर्वतीय खेलकुद महासंघको समन्वयमा हुन लागेको हो । (सौस)

प्रतिक्रिया