तिमालमा जग्गा खरिद गर्नेहरू बढे

काभे्, १० फागुन । पछिल्लो समय बुद्धचित्तका खोजीमा तिमाल पुग्नेहरूको त्यहीँ घर बनाउने चाहनामा वृद्धी भएको छ । बुद्धचित्त हेर्न र बुद्धचित्तको व्यापार गर्ने त्यहाँ पुग्नेहरूले जग्गा खरिद गरी घर बनाएर समेत बस्ने इच्छा व्यक्त गरेका छन् । जग्गा खरिद गर्ने चाहना बोकेको मकवानपुरका महेस बराल भन्छन्, ‘तिमालबाट देखिने हिम शिखरका चुलीहरूले मनै लोभ्याइरहेको हुन्छ ।’ उनले त्यहाँको प्राकृतिक दृश्यले आफूलाई मोहित पारेको बताए ।

त्यसो त तिमालको मनमोहक दृश्यले आनन्द दिएको चन्द्रनिगाहपुरका विष्णु पौडेल बताउँछन् । उनी त्यहाँ ४ रोपनी जग्गा खरिद गरेर बुद्धचित्त खेतीमा लागेका हुन् । चितवनका नवराज धिमाल पनि जग्गा किनेर थाङ्का लेखन र बुद्धचित्तलाई आफ्नो मुख्य पेसाको रूपमा रोजेर तिमालमै बसेका छन् ।

पछिल्लोसमय तिमालमा पर्यटकहरूको आगमनले स्थानीयमा खुसी छाएको छ । अहिले बढ्दै गरेको जनघनत्वले स्थानीय विद्यालयहरूलाई समेत टेवा पुग्दै आएको छ । तिमालका विद्यालयहरूमा अध्ययनगर्नेहरू होटल र पर्यटकीय गाइड बन्न पनि तल्लीन छन् ।

प्रतिक्रिया