काभ्रे, १० फागुन । काभ्रेमा एमाओवादी छोड्दै नयाँ शक्तिमा प्रवेश गर्नेहरू एमाओवादीका धेरै रहेका छन् । एमाओवादी काभ्रे जिल्ला उपाध्यक्ष एवं पूर्वसभासद् अक्कलबहादुर थिङसहित ५६ जनाको समूह नयाँ शक्तिमा प्रवेश गरेको छ । सोमबार बनेपामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष थिङ एमाओवादीको जिल्ला समितिका सदस्यसहित ५६ जनाले एमाओवादी परित्याग गरी नयाँ शक्तिमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
पार्टीमा लाग्नेहरूले व्यक्तिगत स्वार्थ हेरेको र पुरानो पार्टीमा लामोसमय काम गरे पनि मुलुकमा परिर्वतनअनुसार पार्टीले काम गर्न नसको आरोप लगाउँदै आपूmहरू सामूहिक एमाओवादी परित्याग गरी डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा प्रवेश गरेको पत्रकार सम्मेलनमा थिङले बताए ।
उनले जिल्लामा नयाँ शक्तिको पहिलो चरणमा अभियानकै रूपमा लाने र दोस्रो चरणमा संरचना निर्माण गरी अघि बढने बताए । प्रवेश गर्नेहरूमा जिल्ला सदस्य कृष्ण भण्डारी, राजीव लामा, अनिता थिङ, होमकुमारी तामाङ, सुन्तली तामाङ, पूर्वराज्यसमिति सदस्य मारमेन तामाङ, पूर्वजिल्लासदस्य पवन कारञ्जित, रामहरी खनाल, पार्टीको काभ्रे–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मानवीर लामा, क्रान्तिकारी पत्रकार संघका पूर्वजिल्लाअध्यक्ष यदुनाथ देउपुरे, अखिल (क्रान्तिकारी)का पूर्वजिल्लाउपाध्यक्ष श्रीकृष्ण धिमाल, सचिव दीपक रायमाझीलगायत २ दर्जन छन् ।
जिल्लामा डा.भरत लामिछानेको संयोजकत्वमा नयाँ शक्ति अभियान गठन भइसकेको र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई पनि अभियानमा समाहित गर्दै अघि बढ्ने डा.लामिछानेले बताए ।
प्रतिक्रिया