सर्वोत्कृष्ट छात्रालाई क्यानडाबाट सहयोग

इलाम । लिम्बू मातृभाषाको कक्षा ११ मा ९३ अंक ल्याई सर्वोकृष्ट गरेकी इलाम बाँझो गाविसकी कल्पना लिङदेनलाई किरात याक्थुम चुम्लुङ क्यानडाले २० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ ।

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामले एक कार्यक्रमको आयोजना गरी शुक्रबार सो पुरस्कारसहित सम्मान गरेको हो । बाँझोस्थित सरस्वती उच्च माविकी परीक्षार्थी लिङदेनले आफूलाई मातृभाषामा नै उच्च शिक्षा हासिल गर्दै लिम्बूभाषा, लिपीको संरक्षण सम्वद्र्धनमा लाग्न पुरस्कारले प्रोत्साहन र हौसला मिलेको बताइन् ।

सम्मान कार्यक्रममा वर्तमान नयाँ संविधानले मातृभाषामा शिक्षा लिने स्वतन्त्रता प्रदान गरे पनि सरकारले मातृभाषाका शिक्षक दरबन्दी र पुस्तक छपाइ व्यवस्था नगर्दा धेरै विद्यार्थी मातृभाषा अध्ययन गर्नबाट वञ्चित हुनुपरेको चुम्लुङका केन्द्रीय सदस्य याम योङहाङले बताए । (सौस)

प्रतिक्रिया