भरुवा बन्दुकसहित पक्राउ

धनकुटा । धनकुटाको पाख्रीवासबाट प्रहरीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा पाख्रीवास नगरपालिका–१० का ४० वर्षीय टेकबहादुर राई रहेका छन् ।

राईको घरबाट प्रहरीले भरुवाबन्दुकको नाल पनि बरामद गरेको छ । गाईको गोठमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक र घरको चुलीगाह्रोमा लुकाइराखेको अवस्थामा बन्दुकको नालफेला परेको प्रहरीले जनाएको छ । शुक्रबार पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । (सौस)

प्रतिक्रिया