सोलुखुम्बु, २९ माघ । सोलुखुम्बुको गोली, चौलाखर्क र भकाञ्जेमा झुसिल किराको प्रकोप बढेको छ । हिउँद याममा देखापर्ने झुसिल्किराको भुवाँ उड्ने तथा रौँ परेमा चिलाउने गरेपछि स्थानीय पीडित बनेका छन् ।
भदौ महिनाबाट सुरु भएको झुसिल्किराकोे प्रकोप अझै नरोकिएकाले त्यहाँका बासिन्दा अति पीडित भएका छन् । स्थानीय भाषामा यस्ता झुसिल्किरालाई काउँसो भनिने झुसिल्किराले विभिन्न बोटबिरुवा खानुको साथै भुवा जस्तो उड्ने यसको रौंले आँखामा संक्रमण भए अन्धोपनसमेत हुनसक्ने भयले यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।
चौलाखर्क–३ सोलुखुम्बुका जनकजंग बस्नेतले झुसिल्किराको कारण चौलाखर्कमा मात्र एक दर्जन भन्दा बढी खसीबाख्रा र छवटा भैँसी मरिसकेका बताए । उनले भने, ‘यसको रौंँ उडेको र बिजेको देखिन्न, तर जिउँमा पर्न गयो भने चिलाएर के गराँैं र कसो गराँैं जस्तो हुन्छ ।’ थोरै संक्रमण भयो भने पनि आँखा चिलाउने, पाक्ने तथा रातो हुने र शरीरको छाला सुन्निनुको साथै अत्यधिक पीडा हुने चौलाखर्कका साजन बिकले बताए ।
विशेष गरेर उत्तिस, कटुसका रुखमा साङ्लो बाँधे झँै गरी झुसिल्किरो बाँधिएर बस्ने र एकैसाथ आक्रमण गर्ने गरेको चौलाखर्ककै कैलास खत्रीको भनाइ छ । खत्रिका अनुसार यसबेला यस्ता किराले खाएर उत्तीस, कटुसका सबै पात सकिएका छन् । यसको असर अलैँंचीखेतीमा पनि परेको छ । सोलुखुम्बुको तथा रामेछापको गुम्देल, बाम्तीभण्डारमा पनि झुसिल्किराको प्रकोप बढेको छ ।
प्रतिक्रिया