‘पुसमै उर्जा संकटकाल’

rayamajhiकाठमाडौ, २० पुस । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले पुस महिनाभित्रै उर्जा संकटकाल घोषणा गरिने बताएका छन् । उनले एक वर्ष भित्र लोडसेडिङ्ग अन्त्य गर्न यो कदम आवश्यक रहेको बताए ।

सोमबार पत्रकारसंगकोे साक्षात्कारमा उनले संकटकालको समयमा पुरा हुन लागेका आयोजनालाई अघि बढाउने, विग्रेका आयोजनालाई मर्मतसम्हार गर्ने काम युद्धस्तरमा हुने बताए । उपप्रम रायमाझीले त्यसका लागि सरकारले आयोजनाका लागि आवश्यक इन्धन उपलब्ध गराउने बताए । उनले संकटकालको समय उपयोग गर्दै ठूला जलासययुक्त आयोजना निर्माण योजनालाई अघि बढाउने, ट्रान्समिसन लाईन निर्माण र सौर्य उर्जा उत्पादनको योजनाहरु कार्यान्वयन गरिने जानकारी दिए ।

रायमाझीले भने,‘ दुइ सय ५० मेगावाट विद्युत उत्पादन अन्तिम चरणमा छ । त्यसबाट हिउदमा एक सय मेगावाट उत्पादन हुन्छ । उनले विग्रेको आयोजना मर्मत हुँदा सय मेगावाट थपिने र ढल्केबर–मुजफ्फरपुर प्रशारणलाईन बनेपछि थप सय मेगावाट थपिने जानकारी दिए । यो काम माघ महिनाभित्र सकिने भएकाले आउँदो फागुन महिनादेखिनै अहिलेको अवस्थाभन्दा अलि राहत हुने बताए ।

योसँगै सौर्य उर्जाबाट विद्युत उत्पादन गर्दा अर्को वर्षसम्म १२ सय मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ ।उनले भने ‘यसबाट अर्को वर्षसम्ममा लोडसेडिङ अन्त्य गर्न सकिन्छ । दुई वर्षभित्र जलविद्युतबाट मात्रै लोडसेडिङ्ग अन्त्य गर्न सकिन्छ । यसकोलागि गुरूयोजना बन्दैछ ।’

उनले सरकारले विहान बेलुका खाना पकाउने समयमा विजुली दिँदा अत्याधिक हिटर प्रयोग भएकाले ट्रान्सफर्मर धेरै पडकिएको र पडकिएको ट्रान्सफर्मर दिनमा एउटा भन्दा बढी बनाउने प्रविधि नहुँदा समस्यापरेको जानकारी दिए । अहिले विभिन्न स्थानमा गरेर ट्रान्सफर्मर बनाउने काम भईरहेको र नयाँ खरिद प्रक्रिया समेत अघि बढाइएको बताए ।

उनले यो वर्षको माघसम्ममा लोडसेडिङ्ग अझै बढ्ने बताउँदै फागुनपछि क्रमशः सुधार आउने जनाए । उर्जामन्त्री रायमाझीले ग्यास र पेट्रोलियम पदार्थको कालोबजारी एक घण्टामा नियन्त्रण गर्न सकिने ठोकुवा गर्दै आन्दोलनकारीले नै ग्लेन बोकीरहेकोले समस्या भएको बताए । उनले संस्थागत कालोबजारी बन्द गर्न सरकार लागेको बताउँदै जनतालाई उपलब्ध भईरहेको ग्यास नियन्त्रणमा भने समस्या रहेको बताए ।

प्रतिक्रिया