तेक्वान्दो छनोट सोमबार हुने

main copyकाठमाडौं । भारतमा आयोजना हुने १२औँ सागमा सहभागी हुने नेपाली तेक्वान्दो टोलीको छनोट सोमबार हुने भएको छ । छनोटमा ५ क्षेत्रीय टोलीका साथै हालको राष्ट्रिय टोली र ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

क्षेत्रीय छनोट पार गर्दै पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्ने खेलाडीको टुंगो लागेको छ । पूवाञ्चलबाट छनोट हुने खेलाडीमा पुरुष ५४ किलोमा सतिस काफ्ले, ५८ किलोमा सरोज तामाङ, ६३ किलोमा कुमारबहादुर बोगटी र ६८ किलोमा पद्म तामाङ रहे ।

यसैगरी, पुरुष ७४ किलोमा प्रबीन श्रेष्ठ, ८० किलोमा मुकेश श्रेष्ठ, ८७ विपिन कार्की तथा ८७ किलोभन्दा माथिको तौल समूहमा घनश्याम श्रेष्ठ छनोट भएको प्रशिक्षक फणिन्द्र खड्काले जानकारी दिए । महिलातर्फ ४६ किलो तौल समूहमा पार्वती राई, ४९ किलोमा सुनिता तामाङ, ५३ किलोमा सन्ध्या सिंह, ५७ किलोमा रुबिना राई र ६२ किलोमा ममता भुजेल छनोट भए ।

यसैगरी, मध्यमाञ्चलबाट प्रतिनिधित्व गर्ने खेलाडीको टुंगो लागेको छ । मध्यमाञ्चलबाट छनोट हुने खेलाडीमा पुरुष ५४ किलोमा चितवनका शंकर उप्रेती, ५८ किलोमा काठमाडौंकका विपुल थापा, ६३ किलोमा मकवानपुरका अजय गुरुङ र ६८ किलोमा पर्साका मोहम्मद ओएस रहे ।

यसैगरी, पुरुष ७४ किलोमा ललितपुरका रेजिन सिंह, ८० किलोमा धादिङका सुधीर श्रेष्ठ, ८७ किलोमा ललितपुरका अनिष महर्जन तथा ८७ किलोभन्दा माथिको तौल समूहमा मकवानपुरका मानबहादुर वाइबा छनोट भए । महिलातर्फ ४६ किलो तौल समूहमा भक्तपुरकी काजल श्रेष्ठ, ४९ किलोमा ललितपुरकी सुप्रिमा सुनुवार, ५३ किलोमा काठमाडौंकी शुष्मा श्रेष्ठ र ५७ किलोमा नुवाकोटकी रेनु लामा छनोट भए ।

सुदूरपश्चिमाञ्चलको क्षेत्रीय छनोट पनि सम्पन्न भइसकेको छ । सुदूरपश्चिमबाट पुरुष ५४ किलोमा नरेस चौधरी, ५८ किलोमा दिलबहादुर धामी, ६३ किलोमा निरज देउवा, ६८ किलोमा इन्द्रबहादुर सिंह र ७४ किलोममा बिराट कोहली छनोट भए । ८० किलोमा निराजन खड्का, ८७ मा सोहन सिजापती र ८७ किलो भन्दामाथि आशिष चन्द छानिए ।

महिलातर्फ ४६ किलोमा वर्षा थापा, ४९ किलोमा गीता विष्ट, ५३ किलोमा शान्ति खत्री, ५७ किलोमा श्रृष्टी पाली र ६२ किलोमा प्रभा शाही छनोट भए ।

पश्चिमाञ्चलबाट छनोट प्रतियोगिता खेल्ने खेलाडीको पनि टुंगो लागिसकेको छ । पश्चिमाञ्चलबाट छनोट भएका खेलाडीका पुरुषतर्फ ५४ किलोमा प्रेम राना, ५८ किलोमा सुनील पौडेल र ६३ किलोमा किरणबहादुर आले छन् । यी तीनै खेलाडी रुपन्देहीका हुन् । यसैगरी, ८० किलोमा रुपन्देहीकै सञ्जय विक र ८७ किलोमा राजीव सिंह क्षेत्री छनोट भए । ६७ किलोमा बाग्लुङका दीपक बोहरा तथा ७४ किलोमा कास्कीका नीरज नेपाली छनोट भए ।

महिलातर्फ कास्की र रुपन्देहीकै प्रभाव रह्यो । ४६ किलोमा रुपन्देहीकी सरिता श्रेष्ठ छनोट भइन् भने रुपन्देहीकै अनु नेपाली ५७ तथा अनिषा केसी ६२ किलोमा छनोट भए । कास्कीकी राखी शर्मा ४९ किलोमा तथा तारा जिसी ५३ किलोमा छनोट भए । रुपन्देही जिल्ला खेलकुद विकास समितीका अध्यक्ष योग गुरुङ र नेपाल तेक्वान्दो संघका सदस्य कोशिष खड्काको उपस्थितिमा भैरहवामा छनोट प्रतियोगिता भएको हो । मध्यपञ्चिमले पनि छनोट खेल सम्पन्न गरिसकेको छ । तेक्वान्दो अन्तर्राष्ट्रिय जगतमा नेपाललाई सबैभन्दा बढी सफलता दिलाउने खेल हो । (सौस)

प्रतिक्रिया