मुम्वई । बलिउड नायिका सन्नी लियोनीको सबैभन्दा चर्को विरोध भारतमै हुने गर्दछ । यतिसम्म कि सन्नीले अश्लिलता फैलाएको र युवा पुस्तालाई भड्काएको भन्दै उनलाई देश निकाला गर्नुपर्ने आवाज समेत भारतमै सुनिन्छ । तर, तिनै भारतीयहरुले इन्टरनेटमा सबैभन्दा धेरै सन्नीकै खोजी गर्दै भिडियो र तस्विर हेरेर मनोरञ्जन लिन्छन् । विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले सन् २०१५ मा भारतमा सबैभन्दा धेरै खोजी सन्नीको भएको जनाएको छ ।
पोर्न स्टार हुँदै हिन्दी चलचित्रमा प्रवेश गरेकी सन्नी प्राय चर्चामा हुने गर्छिन् । त्यसो त सन् २०१४ मा पनि भारतमा धेरै खोजिएको पात्र सन्नी नै भएकी थिईन् ।धेरै खोजिने मध्ये दोस्रो ब्यक्तिको रुपमा चयन भएका छन् सलमान खान । गुगलमा खोजिने पात्रहरुमा सलमान भन्दा साहरुख एक कदम पछाडि तस्रो स्थानमा छन् । हिट एण्ड रन केस लगायतका अन्य केही विवादका कारण सलमानलाई धेरै खोजिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
सन्नी लियोनीपछि धेरै खोजिएकी अर्की नायिका हुन् कट्रिना कैफ । सन् २०१५ सुरु हुनै लाग्दा रणबीर कपुरसँग इन्गेजमेन्ट गरेको भनेर चर्चामा आएकी कट्रिना वर्ष भरि नै चर्चाको विषय बनिरहिन् । धेरै खोजिएका अन्य नायिकाको सूचीमा दीपिका पादुकोण तेस्रो, आलिया भट्ट चौथो र राधिका अप्टे पाँचौ स्थानमा छन् ।
त्यस्तै नायकको सूचीमा अक्षय कुमार तेस्रो, शाहिद कपुर चौथो र ऋतिक रोशन पाँचौ स्थानमा छन् । धेरै खोजिएका अन्य नायिकाहरुमा क्रमश अनुष्का शर्मा, ऐश्वर्या राय, करिना कपुर, प्रियंका चोपडा र पुनम पाण्डे छन् ।धेरै खोजिएका चलचित्रमा ‘बाहुबली, बजरंगी भाइजान, प्रेम रतन धन पायो’ लगायत छन् ।
प्रतिक्रिया