देश कहालीलाग्दोे बाटोमा

नेपाली समाज कता जा“दै छ ? यो प्रश्न अनुत्तरित छ । कतै पनि सकरात्मक समाचार छैन । गोरखाको समाचारले राज्यमा मानवीय भावना नै छैन भन्ने पुष्टि ग¥यो । अर्कोतर्पm जनकपुरमा भएको घटनाले नेपाली समाजमा कसैले कसैप्रति गरिनुपर्ने सम्मानजनक व्यवहारको ज्ञान नै छैन भन्ने पुष्टि गरेको छ । समाज चल्न आवश्यक मर्यादा पनि बा“की छैन भन्ने जनकपुरको घटनाले पुष्टि गरेको छ । समाजमा कालोबजारीले निरन्तरता पाएको छ । कानुनको डर मान्छेलाई लाग्न छाडेको छ । कालोबजारीले त्यसैलाई पुष्टि गरेको छ । देशको आर्थिक घाटा बढ्दो छ । आमनागरिक राज्यका महत्वपूर्ण विषयमा पनि विभाजित छन् । राज्यको शैक्षिक तथा वौद्धिक भनिने समुदाय यस सवालमा मौन बसेका छन् । लोडसेडिङको समय बढ्दो छ । ससाना उद्योग र कलकारखाना बन्द हुने अवस्थामा छन् । देशका हजारौ“ नागरिकले केही महिनाको अन्तरालमा रोजगारी गुमाएका छन् । राज्य तहसनहस भएको छ ।

राज्यको यस्तो कुने क्षेत्र छैन जहा“ हामी सकरात्मक बाटोतर्पm उन्मुख भइरहेका छौ“ । समाजका हरेक पक्ष एक अर्काका पुरक हुन्छन् । एकले अर्कोलाई प्रभावित पारेको नै हुन्छ । तर, सबैपक्ष नकरात्मक उन्मुख अवस्था नेपाली समाजमा पहिलोपटक हो । यदाकदा देशमा समस्या परेको समयमा खेलकुदले केही सफलता दिलाउ“दै त्यसलाई राहत दिने काम गरेको थियो । यसपटक यो क्षेत्रमा पनि त्यति सुखद हुन सकेको छैन । नेपालीमाझ सबैभन्दा लोकप्रिय रहेको खेलको अवस्था त सबैभन्दा खराब नै रहेको छ । यो वर्ष विवाद र असफलताको वर्ष बनेर आएको छ । ढाकामा रहेको नेपाली फुटबल टोलीले प्रतियोगिता खेल्न पाएको छैन भने प्रतियोगिताअघिको अभ्यास खेल पनि त्यत्ति सही हुन सकेको छैन । लगातार पराजयको शृंखला जारी छ । राज्यका निकाय शक्ति हत्याउने अभ्यासमा केन्द्रित छन् ।

सर्वत्र असफलताको यो शृंखला कहिलेसम्म जारी रहने अनिश्चत नै छ । सरोकारवाला गम्भीर नभएको हो या गम्भीर भएर पनि केही गर्न नसकेको हो त्यो कसैलाई थाहा छैन । अब पनि यस्तै अभावमा दिन बित्ने हो भने दैनिक जवजीवन कस्तो हुनेछ भन्ने अनुमानसमेत गर्न कठिन छ । यातायात बन्द हुने, बजार खुल्ने तर, उपभोग्य सामग्री नहुने भए पनि अत्यधिक मह“गो मूल्य पर्ने । त्यत्ति मात्र होइन क्रय क्षमता दिनका दिन ह्रास ह“ुदै जाने यो समस्याको समाधान के होला ? सबै अनुत्तरित छन् । यो समस्याले निम्न वर्गीय र निम्न मध्यम वर्गीय नेपालीलाई मात्र अहिलेसम्म धेरै प्रभावित पारेको छ । यसकारण सरोकारवालाको ध्यान गएको देखि“दैन । सबै क्षेत्र नकरात्मक बाटोमा हि“डेको नेपाली समाजको बारे अझै चिन्ता नगर्ने हो भने आगामी दिन अझ कहालीलाग्दो देखिएको छ ।

प्रतिक्रिया