काठमाडौं १ पुस । सुटिङका लागि श्रीलंकामा पुगेकी गायीका इन्दिरा जोशीलाई सेतो घोडाले लडाएको छ । बालुवा नै वालुवा भएको ठाउँ हेर्दै मरुभुमी जस्तो ठाउँमा सुटिङका लागि घोडा चढेकी उनलाई घोडाले लडाएको हो । उनले आफूलाई मलाई राम्ररी घोडा कुदाउन नआउने तर, भिडियोमा सेतो घोडा कुदाउनुपर्ने सिनमा आफैं लडेको बताएकी छन् ।
निकै अफ्ठ्यारो भएको भन्दै इन्दिराले भनिन् ‘घोडा निकै ठूलो थियो, सुटिङको अन्तिम दिन मलाई घोडाले लडाइदिएपछि अस्पताल नै भर्ना हुनु प-यो ।’
उनले घोडा कुदाएको दृष्य ड्रोनवाट खिचिएको थियो । त्यसकारण पनि उनले अनौठो मानिरहेकी थिइन् । घोडामा अघि बढ्दै गर्दा टाउकोमाथि ड्रोन उड्थ्यो । इन्दिराको भनाई अनुसार ड्रोनको आवाज माहुरी भुन्भुनाए जस्तो सुनिदो रहेछ ।
श्रीलंकामा गायिका इन्दिरा अन्तर्राष्ट्रिय गीतमा मोडलिङ गरेकी छन् । मिलान कोरेको निर्देशनमा बनेको भिडियोमा इन्दिराले हलिउडका चर्चित ¥यापर सिन किङ्स्टनसँग मोडलिङ गर्ने अवसर पाएकी हुुन् । उनले यही टिमसँग यसअघि पनि ‘जस्ट फर क्लिक र बेहुली’ एल्बममा काम गरेकी थिइन् । तर, हलिउड कलाकारसँग फिचरिङ गरेको पहिलो पटक हो ।
हिन्दी, अंग्रेजी र नेपाली संस्करण रहेको गीतमा इन्दिराले इजिप्सियन राजकुमारीको भुमिका निर्वाह गरेकी छिन् । यस भिडियोमा ‘तिमी र म’ बोलको गीतमा इन्दिराले स्वर दिएकी छिन् ।
अन्तरराष्ट्रिय भिडियोमा नेपाली भाका समेटेको धारणा राख्ने इन्दिरा यो गीतमा मादलको ताल समेटेको बताउँछिन् ।
प्रतिक्रिया