भैरवा २३ मंसिर । धार्मिक तथा पर्यटकिय स्थल लुम्विनी क्षेत्रको पिउने पानीमा हानिकारक जिवाणु फेला परेको जनाइएको छ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा अन्तर्राष्ट्रिय बौद्ध समाज लुम्विनी एसोसियसनले फ्रान्सको प्राविधिक सहयोगमा पिउने पानी परिक्षण गर्दा केहि नमूनाहरूमा जिवाणु भेटिएको जनाएको छ । लुम्विनी र वरपरका क्षेत्रका बिभिन्न संघसंस्था, विद्यालय लगायतका सार्वजनिक स्थानमा गाडिएको डिप बोरीङबाट आउने पानीको अहिले परीक्षण सुरु गरिएको हो । परीक्षणका लागि फ्रान्सको एक संस्था र लुम्विनी एसोसियसनका ४ स्वयंसेवकहरूले काम गरिरहेका छन् ।
फ्रान्सेली डाक्टर बृहत क्लाउडको नेतृत्वमा ईन्जिनियर गाब्रियल बर्नियर, पियारे मास र ल्याब प्राविधिक औरेलिन कोलिमार्डको टिमले पानीको नमूना संकलन गर्दै परीक्षण गरीरहेको अन्तर्र्रािष्ट्रय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्रेयले जानकारी दिएका छन् । भिक्षु मैत्रेयले भने, ‘प्राविधिकले अहिलेसम्म लुम्विनी क्षेका ७३ वटा डिप बोरीङको पानीको नमूना परीक्षण गरीसकेका छन, त्यसमध्ये ५ देखि १० प्रतिशतमा हानिकारक ब्याक्टेरीया फेला परेका हुन् ।’
परीक्षण गरेको पानीमध्ये केही धाराहरूको पानीमा ब्याक्टेरीया फेला परेपछि पानी उमालेर या क्लोरीन हालेर फिल्टर गरी पिउन सुझाव दिइएको उनले जानकारी दिए ।
पानी परीक्षण टोलीले प्रमुख डा. क्लाउडले, ‘३ हप्तासम्मको अवधिमा कम्तिमा १ सय ५० वटा बोरीङको परिक्षण गरिने छ ।’ उनका अनुसार सबै पानी पिउन अयोग्य छैनन् । केही बोरीङहरूको वरीपरी जमेको फोहर र पछि त्यही पानी रसायर तल जम्मा हुने जस्ता कारणले ब्याक्टेरीया फेला परेको डा. क्लाउडले बताए ।
डा. क्लाउडको टोलीले अहिले लुम्विनी क्षेत्र र वरपरका सार्बजनिक स्थान, बिद्यालय, मठ मन्दिर, गुम्बा बिहारमा रहेका बोरीङहरूको पानी परीक्षण गरीरहेको छ ।
यो टोलीले पानी परीक्षण मात्र नभई त्यहाका बिद्यालय तथा समाजमा गई सरसफाई, स्वच्छ पिउने पानी लगायतका बिषयमा सचेतना पनि दिने गरेको छ ।
प्रतिक्रिया