जनचेतनाका लागि गाउँगाउँमा प्रहरी

panch_thar_policeपाँचथर, १६ मंसिर । नेपाल प्रहरीले पाँचथरको केही गाविसहरुमा चेतनाका लागि गाउँगाउँमा लागेको छ । प्रहरीको ३ वर्षे रणनीतिक कार्यायोजनाअनुसार सामाजिक बिकृति बिसगंति, अपराधका नयाँ प्रवृत्तिहरुसँग कसरी बच्ने बिषयमा चेतनाका लागि कार्यक्रम सञ्चालन गरेको डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

चेतनाकार्यक्रम विद्यालयहरुमा गरिएको छ । १४ मंसिरमा बिष्णु मावि र च्याङथापु उच्चमाविमा १५ मंसिरमा सरस्वती उच्चमावि मेमेङमा कक्षा ११ का विद्यार्थीलाइ जानकारीमूलक चेतना दिएका थिए । कार्यक्रममा फेसबूकको प्रयोग गर्दा सुरक्षित, गर्ने र फेसबुकको दूरुपयोगले निम्त्याउन सक्ने सम्भावित दुर्घटाबारे विद्यार्थीलाई जानकारी गराइएको थियो ।

चेतानमूलक कार्यक्रम डिएसपी कृष्णप्रसाद कोइरालाले प्रशिक्षण दिएका थिए । चेतनाको कार्यक्रम आगामी दिनमा संचालन गरिन प्रहरीले जनाएको छ ।

कार्यक्रममा लागूऔषध दुव्र्यसनीबाट बच्ने उपाय, मोवाइल फोनको दुरुपयोगले निम्त्याने समस्याहरु, ट्राफिक जनचेतनासम्बन्धी, घरेलु हिंसा, बालविवाह, महिला हिंसा जातीय छुवाछुतलगायत विषयमा चेतना सञ्चालन गरिएको हो । केन्द्रीय नीतिअनूसार स्कुल कार्यक्रम भएको हुनाले त्यसैअन्र्तगत कार्यक्रम संचान गरिएको हो ।

कूनै कार्यक्रमका लागि प्रहरीलाई रकम नहुने र सुरक्षा साथै गस्तीमा गएको बेला अलिकति समय निकालेर चेतना दिएको डिएसपी कोइरालाले बताए ।

प्रतिक्रिया