काठमाडौं, ५ मंसिर । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आधापेज’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । पौष १० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र युनिटले काठमाडांैमा पत्रकार सम्मेलनको आयोजना गर्दै समुन्द्र भट्टले निर्देशन गरेको यो चलचित्रको पहिलो मुहार देखाइएको हो ।
यो चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत र रुपेश न्यौपानेको मुख्य भूमिका छन् । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय प्रमुख अतिथी रहेको कार्यक्रममा प्राविधिक कारणले गीत र ट्रेलर देखाउन भने नसकिएको हो । चलचित्रका मुख्य कलाकारले ‘आधा पेज’बाट धेरै नै आशावादी बनेको बताए । नायक सलोन बस्नेतले आफुले यस अगाडि गरेका चलचित्र भन्दा यो चलचित्र फरक भएको बताए । चलचित्रमा विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल लगायतका कलाकारको पनि अभिनय छ ।
प्रतिक्रिया