‘ड्रइङ द टाइगर’ यलमायामा

yalamayaकाठमाडौं, ५ मंसिर । गरिबीले पार्ने सामाजिक असरलाई केन्द्रविन्दुमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘ड्रइङ द टाइगर’ काठमाडौंमा प्रदर्शन भइरहेको छ । बिहिबारबाट ललितपुरको यलमाया केन्द्रमा सुरु भएको ‘फिल्म साउथ एसिया’ को सुरुवातको प्रदर्शनी यसै डकुमेन्ट्रीबाट गरिएको छ ।

करिब एक दशक अघि एउटा संस्थाले रामेछापमा महिला शिक्षाको बारेमा अध्ययन गर्दा रामेछापको एक दर्नाल परिवारकी छोरी शान्ता र अन्य दुर्ई बालिकामाथि टोलीले भिडियो छायांकन पनि सुरु गरेको थियो । रामेछापबाट काठमाडौं आएर दाइभाउजुसँग पढ्न बसेकी शान्ताले एक्कासी आत्महत्या गर्छिन् । टोली शान्ताको परिवारसँग आत्महत्या किन भयो भनेर फेरी अध्ययनमा जुट्छ । शान्ताका परिवारले अस्पष्ट रुपमा शान्ता आत्महत्याका कुरा बोल्छन् ।

गरिबी, बसाई सराए, गाउँले परिवेश, शिक्षा, सञ्चार, वैदेशिक रोजगारजस्ता विषय छोइएको ‘ड्रइङ द टाइगर’ नामक यस डकुमेन्ट्रीको कथा काल्पनिक नभई यथार्थ हो । बिहिबारबाट ललितपुरको यलमाया केन्द्रमा सुरु भएको ‘फिल्म साउथ एसिया’ को सुरुवात यसै डकुमेन्ट्रीबाट भएको थियो । समारोहमा दर्नाल परिवार पनि उपस्थित थिए । यसलाई महोत्सवमा शनिबार पुनः प्रदर्शन गरिएको छ ।

डकुमेन्ट्रीलाई एमी बेन्सन र रम्यता लिम्बुले निर्देशन गरेका छन् । करिब सात वर्ष लगाएर बनाइएको डकुमेन्ट्रीको प्रदर्शन गर्नुअघि प्रख्यात दक्षिण भारतीय फिल्ममेकर अदुर गोपालकृष्णनले कार्यक्रमको उद्घाटन गरेका थिए भने लोचन रिजालले फिल्म महोत्सवको प्रतिकका रुपमा रहेका रामबहादुर तामाङमाथि समर्पित गर्दै सारंगीसहितको ‘सुखदुःख’ शिर्षकको गीत सुनाएका थिए ।

चार दिनसम्म चल्ने महोत्सवमा भारतीय पत्रकार एएस पनिर सेल्भन, श्रीलंकाकी फिल्मकर्मी अनोमा राजकरुना र नेपालका पत्रकार नारायण वाग्ले निर्णायक रहेका छन् । महोत्सवमा दक्षिण एसियाका २० भन्दा बढी निर्देशकहरूको पनि उपस्थिति रहेको छ ।

प्रतिक्रिया